back
NMB ad

कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले अबलम्वन गरेको ‘६ टी’ (सम्बोधनको पूर्ण पाठ)

Kumari bank ad

सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु नमस्कार ।
आजबाट हामी नयाँ बर्षमा प्रवेश गरेका छौँ । सबैलाई नवबर्ष २०७७ को हार्दिक शुभकामना दिन चाहान्छु । नयाँ बर्षसँगै कोरोना संक्रमणको विश्वव्यापी महामारीको यो विषम परिस्थितिमादेशलाई थप संक्रमणबाट मुक्त राख्न तपाई हामी सबैको सहकार्यले सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।

यस सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट दैनिक रुपमा यहाँहरुलाई अपडेट गराइरहेकै छौँ । यस संक्रमणको विकासक्रम सँगै हामीले आफ्ना रणनीतिहरुलाई थप परिष्कृत र परिमार्जित गरिरहेकै छौँ । अहिले मुख्य ६ वटा टि (T)को फर्मुलाबाट आफ्ना रणनीतिहरु अगाडि सारेका छौँ ।

पहिलो टीः ट्राभल रेष्ट्रिक्सन (Travel Restriction)

यसको लागि आवतजावत बन्द गर्ने नै हो । जसको लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् भने नेपाल भित्र पनि गत चैत्र १० गतेदेखि लकडाउनको अवस्था छ । यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरु क्वारेन्टाइनमा रहन जरुरी छ । जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस् । हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन् । यो प्रभावकारी पनि सावित भएको छ । यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ । यसमा यहाँहरुले गर्नुभएको सहयोगको म उच्च मूल्याङ्कन गर्छु ।

दोश्रो टी : टेष्टिङ्ग -Testing)
यस अन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको नमुना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधीमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा हामीले कार्यविधि बनाई व्यवस्थित गरेका छौँ । हाम्रो हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरै भन्दा धेरै व्यक्तिहरुलाई सो दायरामा ल्याई परीक्षण गर्नु हो ।

तेश्रो टी :  टे«सिङ्ग (Tracing)

ट्रेसिङ्ग भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरु जोसँग ति संक्रमितहरु न्जिकको सम्पर्कमा आउनुभयो त्यस्ता व्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । हामीले धेरैजसो संक्रमितहरुको ट्रेसिङ्ग कार्य पुरा गरिसकेका छौँ भने पछिल्लो समयमा पहिचान भएका संक्रमितहरुको ट्रसिङ्ग कार्य भइरहेको छ । यो कार्य इपिडिमियोजलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आइरहेको छ ।

चौथो टी : ट्रयाकिङ्ग(Tracking)

सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा सो कुराको यकिन गरी उनिहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्रेकिङ्ग कार्य हो । यसको लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, CCMC तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेवसाइट मार्फत ट्रेकिङ्ग कार्यलाई थप व्यवस्थित गरिएको छ । यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे नरहेको अनुगमन गर्नुपर्ने हुन्छ । यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ । त्यसका साथै स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु र सम्बन्धित सबै सरोकावालाहरुलाई यस कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु ।

पाँचौ टी : ट्रिटमेन्ट (Treatment)

हालसम्म नेपालमा १३ जना संक्रमितको संख्या रहेको छ । जसमध्ये एक जना निको भएर घर फर्कि सक्नुभएको र १२ जना विभिन्न अस्पतालमा उपचारको क्रममा हुनुहुन्छ । वहाँहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।

सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले आफ्नो रणनीति तय गरेको छ । कोरोना संक्रमणको उपचारको लागि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरुलाई तोकिएको छ । कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको छ । कोरोना संक्रमण बाहेकका आकप्मिक सेवा र निरन्तर उपचारका क्रममा रहनुभएका बिरामीहरु थप समस्यामा नपरुन र उनिहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेको ब्यहोरा अनुरोध छ । यस महामारीको घडिमा के सरकारी के गैह्रसरकारी सबै किसिमका अस्पतालहरुबाट उपचार गर्नु पर्ने हुन्छ । त्यसैले नेपाल भरका सबै किसिमका अस्पतालहरुलाई सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय तयारी अवस्थामा रहेको छ । यसमा सबैको सहयोगको अपेक्षा गर्दछु ।

छैठौं टीः टुगेदर (Together)

कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र होइन सिंगो देश नै लागिपरेको छ । उच्च स्तरीय समिति, ऋऋःऋ देखि लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटिहरु बनाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ । यसका अतिरिक्त अन्य मन्त्रालयहरु तथा निकायहरुमा समेत विषयगत समितिहरु सक्रिय छन् । यस कार्यमा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, अत्यावश्यक दैनिक उपभोग्य सामानहरुको व्यवस्था गर्नेहरु, सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा सञ्चारमाध्यम लगायतसबै मिलेर मात्र यो लडाईमा हामीले विजय हाँसिल गर्न सक्नेछौँ ।

यस संक्रमणको नियन्त्रण र रोकथामको लागि आवश्यक पर्ने पी.पी.ई., परीक्षणको लागि आवश्यक सामग्री लगायतका अन्य वस्तुहरुको हाल विश्वव्यापी रुपमा नै अभाव रहेको छ । सामानहरु प्राप्तिका लागि र रोगबाट बच्नका लागि विश्वस्तरमा राष्ट्रहरुले गर्दै आएका प्रयत्नहरुलाई हामी सबैले नजिकबाट नियालीरहेकै छौँ । तसर्थ हामीले देशमा आफुसँग भएको साधन श्रोतको अधिकतम उपयोग गरौँ । दुरुपयोग नगरौँ । आफुसँग भएका सामानको समुचित प्रयोग गरौँ भन्ने हाम्रो अनुरोध छ । यो चुनौतिको सामना हामी सबै एकजुट भई काम गरेर मात्र सम्भव छ ।

देशलाई महामारीबाट बचाउ । बाँकी बहस पछि गरौँला । महामारीको यो लडाईमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरौँ । यस्तो विषम परिस्थितिमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ । यहाँले निर्वाह गर्नुभएको रचनात्मक भूमिकाकोम कदरगर्दछु । आगामी दिनमा यहाँहरुबाट कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि अझ सकारात्मक र रचनात्मक भूमिकाको अपेक्षा गर्दछु ।

कोरोना संक्रमण बिरुद्धको यो लडाईको अग्रमोर्चामा नेतृत्व गरिरहनु भएका चिकित्सक र स्वास्थ्यकर्मीहरु नै हुनुहुन्छ । वहाँहरुको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउनु राज्यकोपहिलो प्राथमिकता हो । तसर्थ यो मन्त्रालय चिकित्सक र स्वास्थ्यकर्मीको बारेमा अत्यन्त सचेत छ ।

उपचारको क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षाका सामाग्रीहरु यथेष्ट मात्रामा पु¥याउन हामी लागि परेका छौँ । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्र सेवक कर्मचारी लगायत कोरोना संक्रमणको नियन्त्रणमा खटिने जनशक्तिलाई प्रोत्साहन स्वरुप सत प्रतिशतसम्म भत्ता र बिमाको समेत व्यवस्था गरिसकिएको छ ।

अहिले हामी सबै नै क्वारेन्टाइनमा छौँ । घरभित्रै बसेका छौँ । तर हाम्रो स्वास्थ्य तथा सुरक्षाको लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दैनिक उपभोग्य वस्तुहरुको व्यवस्था गर्न अत्यावश्यक सेवा प्रदान गर्ने व्यक्तिहरु हुनुहुन्छ । राष्ट्र र जनताको सेवामा क्रियाशील वहाँहरुले गर्दा नै हामी घरभित्र सुरक्षित रहन पाएका छौँ । वहाँहरु सबैलाई धन्यवाद दिन चाहान्छौँसाथै वहाँहरुको मनोबल उच्च बनाउने काममा सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौँ ।

अन्त्यमा :

हरेक नागरिकले आफ्नो पुरै जीवनकालमा देशलाई गर्ने योगदान अहिले गर्न सक्छौँ । यसको लागि हामीले अहिले गर्ने भनेको आजको यो समयमा घरभित्र क्वारेन्टाइनमा रहनु हो । तपाई हाम्रो यो सहयोगले सिंगो देशलाई कोरोना संक्रमणको महामारीबाट बचाउन मद्दत पुग्छ ।

आजको परिस्थिति मानव जातिको रक्षाको लागि योगदान गर्ने अवस्था हो । यस्तो कठिन एवं असाधारण परिस्थितिमा राज्यले अबलम्बन गरेको लकडाउन र अन्य व्यवस्थाहरुलाई आत्मसात गरि तपाइहरुले गर्नुभएको महत्वपूर्ण सहयोग प्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछु । अन्त्यमा, कोभिडविरुद्ध हामी सबैको आ–आफ्नो तर्फबाट सकारात्मक योगदान रहने विश्वास व्यक्त गर्दै पुनः नवबर्षको शुभकामना व्यक्त गर्न चाहन्छु ।
धन्यबाद ।

वि.सं.२०७७ वैशाख १ सोमवार १७:०७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...