back
NMB ad

संक्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा

Kumari bank ad

टीकापुर । कैलालीको लम्की चुहा नगरपालिका भुरुवाकी कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ती महिलाका परिवारका १६ जनालाई क्वारेन्टाइनमा पुनः राखिएको हो । चैत्र २९ गते क्वारेन्टाइनबाट फर्किएपछि आफन्तका घरमा बसेकी ती महिलाका ३६ जनालाई समेत सोमबार नै क्वारेन्टाइनमा राखिएको छ ।

संक्रमित महिला क्वारेन्टाइनबाट घर फर्किएपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । लम्की चुहा नगरपालिका वडा नं. १ अध्यक्ष जनकबहादुर बमले संक्रमित परिवारका १६ जना र ती महिलाको सम्पर्कमा रहेका ३६ जना गरी ५२ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । उनका अनुसार ५२ जनालाई नै क्वारेन्टाइनमा १४ दिन राखिनेछ ।

लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी ५३ वर्षीय महिलालाई कोरोना संक्रमण रहेको सोमबार पुष्टि भएको थियो । यो सँगै लम्की चुहा नगरपालिकामा कोरोना पुष्टिको संख्या २ पुगेको छ ।

यसअघि लम्कीचुहा नगरपालिका वडा नं. ९ को सरस्वती माविको क्वारेन्टाइनमा राखिएका २१ वर्षीय एक युवकमा कोरोना पोजेटिभ देखिएको थियो । दुवैको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार ०८:१४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...