कर्मचारीलाई बिदामा पठाउने निर्णय फिर्ता !

काठमाडौं । आफ्ना कर्मचारीलाई लामो समयको बिदामा दिने निर्णयबाट इंग्लिस प्रिमियर लिग फुटबल क्लब बोर्नमाउथ पछि हटेको छ ।

कोरोना भाइरसको महामारीका कारण खेल रोकिँदा क्लबलाई आर्थिक भार परेको भन्दै बोर्नमाउथले आफ्ना कर्मचारीलाई बेतलबी बिदामा पठाउने निर्णय गरेको थियो ।

तर आफ्नो यो निर्णयको चौतर्फी आलोचना भएपछि फिर्ता लिइएको क्लबले जनाएको छ । लिभरपुल र टोटनह्यामले कर्मचारीलाई बिदामा पठाउने निर्णय गरेका थिए ।

त्यसपछि बोर्नमाउथले पनि सोही मार्ग पछ्याएको थियो । तर समर्थकको आलोचनापछि बोर्नमाउथ आफ्नो पुरानो निर्णयबाट पछि हटेको हो।

२०७७ वैशाख ३ गते ०७:१७ मा प्रकाशित

You can share this post!

कोरोना नियन्त्रणका लागि सर्वेक्षण गर्दै नेपाल टेलिकम : ई–पासको लागि यसरी पाउन सकिन्छ एसएमएस सर्ट कोड

कोरोना नियन्त्रणका लागि सर्वेक्षण गर्दै नेपाल टेलिकम : ई–पासको लागि यसरी पाउन सकिन्छ एसएमएस सर्ट कोड

Related posts