back
NMB ad

लकडाउनमा आजदेखि थप कडाइ : बाहिर निस्कनेलाई यस्तो मुद्दा चलाइने !

Kumari bank ad

काठमाडौं । सरकारले लकडाउन उल्लंघन गर्नेमाथि आजदेखि थप कडाई गर्ने भएको छ । बुधबार बसेको कोभिड(१९ रोकथाम तथा नियन्त्रण उच्चस्स्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

समितिका प्रवक्ता नारायणप्रसाद बिडारीका अनुसार बैठकले लकडाउन कार्यान्वयनमा थप कडाइ गर्ने र नमान्नेलाई मुद्दा चलाउने समेत निर्णय गरेको छ । संक्रमणको दर बढ्दै गएपछि लकडाउनमा कडाइ गर्न लागिएको हो ।

समितिकै बैठकले संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने निर्णय गरेको हो ।

ऐन अनुसार संक्रमण रोग नियन्त्रणमा बाधा र्पुयाउनेलाई १ महिनासम्म कैददेखि सय रुपैयाँ जरिवानाको व्यवस्था छ भने अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६ महिनासम्म कैद वा ६ सयसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यस्तै जोखिम बढ्दै गएको निष्कर्ष निकाली परीक्षण पहिचान र उपचारलाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ । सवारीसाधन सञ्चालन पास पनि थप कडाइ गरिने भएको छ ।

कडाउनका वेला अत्यावश्यक कामका लागि भनेर लिइएको सवारी पास दुरुपयोग गर्ने १ हजार ८ सय ४६ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही समेत गरिसकेको छ ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि १२ थपेर १५ गतेसम्म लम्ब्याएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ देखि १८ गतेसम्म पहिलोपटक १ हप्ते लकडाउन घोषणा गरेको थियो । त्यसपछि दोस्रोपटक चैत १७ गतेको मन्त्रिपरिषद बैठकले ७ दिन थपेर चैत २५ सम्मका लागि लकडाउन लम्ब्याएको थियो ।

सरकारले तेस्रोपटक जारी लकडाउन ८ दिन थपेर वैशाख ३ गतेका लागि लम्ब्याएको थियो । जसको अवधि बुधबार सकिने थियो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चौथोपटक १२ दिन थप गरेर बैशाख १५ गतेसम्म लकडाउन बढाएको छ ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार ०८:१६ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...