back
NMB ad

कृषि क्षेत्रका समस्या समाधान गर्न बागमती सरकारको ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सरकारले लकडाउनका कारण किसानलाई पर्न गएको समस्या समाधानका लागि ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’ सञ्चालन गरेको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनमा किसानको सहजताका लागि ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’को सञ्चालन गरेको हो ।

कारोना भाइरसको महामारी फैलन नदिन सरकारले लकडाउन गरेको अवस्थामा कृषि उपजहरुको ढुवानी, बिक्री वितरण, मल तथा बीउ बिजनको आपूर्तिलगायत काममा समस्या उत्पन्न भइरहेको कारण त्यसलाई समाधान गर्न कल सेन्टर स्थापना गरी सहजीकरणको काम शुरु गरिएको मन्त्रालयले जनाएको छ ।

अब कृषक, कृषि उपजको बिक्रेता, ढुवानीकर्ताले तरकारी, फलफूल, बीउ, मल, किटनाशक औषधी, पशुपंक्षी औषधी, अण्डा, दूध, पशुपंक्षीका दाना, पराल आदिको ओसारपोसारमा अवरोध भए वा कुनैपनि प्रकारको समस्या परे कल सेन्टरमा फोन गरेर सहयोग लिन सकिने मन्त्रतालयका सचिव डाक्टर योगेन्द्र कार्कीले जानकारी दिए ।

लकडाउनमा कृषि उपजको आपूर्तिलाई नियमित गरिएन भने आगामी दिनमा झन ठूलो समस्या आउने भएकोले कल सेन्टर शुरु गरेर प्रदेशका १३ वटै जिल्लामा सहजीकरण प्रारम्भ गरिएको मन्त्रालयका पशु विकास अधिकृत डाक्टर आभाष कोइरालाले जानकारी दिए ।

उनका अनुसार कल सेन्टर सञ्चालन शुरु हुनासाथ थुप्रै फोनहरु आइरहेको र अधिकांशका ढुवानीसँग सम्बन्धित समस्या रहेको उहाँले बताए । “हामी समस्या टिप्छौं र तत्काल समाधानको काम गर्छौँ”, उहाँले भने । कल सेन्टर लकडाउन अवधिभर बिहान ६ बजेदेखि साझ ६ बजेसम्म सञ्चालन गरिने उनले बताए ।

आफ्नो उत्पादन ढुवानी, बिक्री वितरण तथा मल, बिउ बिजन आदिको ढुवानीमा समस्या आएमा कल सेन्टरका नम्बरहरु ०५७–२५९४५, ९८४५१२५०९० र ९८४५६१२९२१ फोन गर्न सकिने उनले जानकारी दिए ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १२:५३ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...