back
NMB ad

सरकारी अस्पतालमा कोरोना संक्रमित हिन्दु र मुस्लिमलाई छुट्टा-छुट्टै वार्ड

Kumari bank ad

एजेन्सी । भारतको गुजारतस्थित सरकारी अस्पतालमा कोरोनाभाइरसका संक्रमित हिन्दु र मुस्लिमलाई छुट्टाछुटै वार्डमा राखिएको छ ।अहमदावादको अस्पतालले सरकारी आदेश भन्दै हिन्दु र मुस्लिम बिरामीलाई छुट्टाछुट्टै राखेको हो ।

’विषेशगरी त्यहाँ महिला र पुरूष बिरामीको छुट्टाछुटै वार्ड रहेको छ । तर हामीले हिन्दु र मुस्लिम बिरामीहरूका लागि पनि छुट्टाछुटै वार्ड बनाएका छौं,’अहमदावाद सिभिल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गुनभन्त एच राथोडले भने,’यो निर्णय सरकारकै हो र उहाँहरूलाई सोध्न सक्नुहुन्छ ।’

गुजरातका उपमुख्यमन्त्री तथा स्वास्थ्य मन्त्री नितिन पटेलले त्यस्तो अस्पतालमा त्यस्तो केही नभएको बताएका छन् ।’बिरामीलाई चाहिने सबै खालको उपचार दिइरहेका छौं,’उनले भने। र थप कुरा गर्न चाहेनन् ।

एक बिरामीले इन्डियन एक्स्प्रेससँग भने,’आइतबार राति ए–४ पहिलो वार्डमा भर्ना भएका २८ पुरूषलाई सी–४ अर्को वार्डमा राखिएको थियो। हामीलाई किन स्थानान्तरण गरियो भन्ने कसैले बताएका थिएनन् तर हामी एउटै समुदायका थियौ । एक स्टाफसँग कुराकानी गर्दा उनले दुबै समुदायको सहजताका लागि यसो गरेको बताए ।’

कोरोना भाइरसको उपचारका लागि उक्त अस्पतालमा कम्तिमा पनि १५० जना भर्ना भएका छन्। जसमध्ये ४० जना मुस्लिम रहेको बताइएको छ ।

गुजरात प्रदेश सरकारका मुख्यमन्त्री भारतीय जनता पार्टीका छन । यसअघि २००१ देखि २०१३ वर्षसम्म लगातार नरेन्द्र मोदी त्यहाँका मुख्यमन्त्री थिए ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १३:५७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...