back
NMB ad

खास किन छरेका थिए २ महिलाले सडकमा पैसा ?

Kumari bank ad

जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा २ जना महिलाले सडकमा यत्रतत्र १० रुपैयाँका नोट फ्यालेर भागेका छन् ।
सडकमा यत्रतत्र पैसा फालेर भागेपछि स्थानीयवासी कोरोना भाइरस संक्रमण फैलने आशंकामा त्रसित भएका छन् ।

स्थानीयवासीहरुले कोरोना संक्रमण फैलाउने उद्धेश्यले ती महिलाले पैसा छरेर भागेको हुनसक्ने आशंका गरेका छन् । जनकपुरधाम वडा नम्बर ४ मा पर्ने महावीर चोकमा अपरिचित २ महिलाले सडक र पसल अगाडी रकम फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका हुन् ।

शुक्रबार करिब १ बजे २ जना महिलाले १० रुपैयाँको नोट जथाभावी छरेर भागेको स्थानीयवासीहरुले बताए । निलो र हरियो रंगको साडी लगाएका ती महिलाले करिब सय मिटरको दूरीसम्म सडक र पसल अगाडी १० रुपैयाँको नोट फ्यालेको स्थानीयवासीहरुले बताए ।

स्थानीयवासीले सडकमा पैसा किन फ्यालेको भन्दै सोधेपछि महिलाहरु पेठिया बजारतर्फ भागेको स्थानीयवासीहरुले बताए । ‘निलो र हरियो रंगको लुगा लगाएकी मुस्लिमजस्तै देखिने दुईजना महिलाहरु पैसा फ्याल्दै हिँडेको हामीले देख्यौं, पैसा किन फ्यालेको सोधेपछि दुबैजना एकाएक भागे,’ महावीर चोकका शंकर साहले भने ।

उनले भने– ‘तीन चारजना मानिसले उनीहरुले फ्यालेको नोट सडकबाट उठाएका छन् ।’ घटनालगत्तै स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी टोलीले नोट छरिएको ठाउँमा तत्कालै सेनिटाइजर छर्केको छ । सडकमा छरिएका केही नोट प्रहरीले समेत टिपेको छ ।

प्रहरीले नोट फ्यालिएको स्थानलाई पहिचान गरी गोलो घेरा बनाएर सेनेटाइजर छर्केको छ । सडकमा नोट फ्याल्ने महिलाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै सडकमा छरिएका नोट उठाउने स्थानीयवासीको समेत खोजी भइरहेको प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १४:४८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...