back
NMB ad

प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३५५ जनामा कोरोना परीक्षण

Kumari bank ad

विराटनगर । प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना परीक्षण भएको हो ।

जसमध्ये ५१ महिला र २ सय ४४ पुरुष गरी जम्मा २ सय ९५ जनाको नमूना नेगेटिभ आएको छ । द्रुत परीक्षण विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट शुक्रबारसम्म जम्मा १ हजार ९२ जनाको नमूना परीक्षण भएको छ । जसमा दुई जनाको रिर्पोट पोजेटिभ देखिएको थियो ।

परीक्षण गर्दा बुढीगंगा गाउँपालिका मोरङमा होम क्वारेन्टाइनमा बसेकी महिलाको र्यापिड डाइग्नोष्टिक टेस्टमा पोजेटिभ देखिए पनि स्वाब पीसीआर विधिबाट ल्याबमा परीक्षण गर्दा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ । त्यस्तै झापा हल्दीबारीका युवाको र्यापिड टेस्टमा पोजेटिभ आएको भएपनि कोशी अस्पतालमा पीसीआर टेस्टमा नेगेटिभ रिर्पोट आएको थियो ।

र्यापिड टेस्टबाट शुक्रबारसम्म जम्मा १ हजार ९० जनाको रिर्पोट नेगेटिभ आएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको नमूना परीक्षणलाई तिव्रता दिएको जनाएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शुक्रबारसम्म कूल ५ सय ९५ जना छ । जसमा ६२ महिला र ५ सय ३३ पुरुष छन् । १३ महिला र ४९ पुरुष गरी जम्मा ६२ जना डिस्चार्ज भएका छन् ।

आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । शुक्रबारसम्म आइसोलेसनमा जम्मा १० जना बसिरहेका छन् ।

होम क्वारेन्टाइनमा जम्मा ४ हजार १९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेमा महिला ६ सय ८१ र पुरुष ३ हजार ३ सय ३८ जना छन् ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १७:४७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...