विश्वमा ६ लाख १७ हजार १३ जनाले कोरोनालाई जितेर घर फर्किए

काठमाडौं । विश्वमा ६ लाख १७ हजार १३ जना मानिस कोरोना भाइरस (कोभिड–१९ ) संक्रमणलाई जितेर अस्पतालबाट घर फर्किएका छन् ।

विश्वभर सोमबार बिहानसम्म कोरोना भाइरस लाग्नेको संख्या २४ लाख ६ हजार ९ सय ५ पुगेको छ । त्यस मध्ये ६ लाख ६ लाख १७ हजार १३ जना पूर्ण रुपमा निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

१६ लाख २४ हजार ८ सय ३४ जनाले अपहले कोरोनाविरुद्ध लडिरहेका छन् । त्यस मध्ये ५४ हजार २ सय १८ जनाको अवस्था गम्भीर छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहानसम्म कोरोनाबाट जीवन गुमाउनेको संख्या १ लाख ६५ हजार ५६ पुगेको छ । पछिल्लो समय कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा मृत्यु भएको छ ।

विश्वकै शक्तिशाली राष्ट्र मानिएको अमेरिकामा सोमबार बिहानसम्म कोरोनाबाट ४० हजारले ५ सय ५६ जाले जीवन गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या ७ लाख ६३ हजार ८ सय ३६ नाघेको छ ।

संक्रमित मध्ये ७१ हजार १२ जना पूर्ण रुपमा निको भएका छन् । ६ लाख ५२ हजार २ सय ६९ जना अहिलेपनि कोरोविरुद्ध संघर्ष गरिरहेका छन् । त्यसमध्ये १३ हजार ५ सय ६६ जनाको अवस्था गम्भीर छ ।

२०७७ वैशाख ८ गते ०७:४७ मा प्रकाशित

You can share this post!

विवाहमा अब पाँचजना बढी सहभागी हुन नपाइने (सूचनासहित)

विवाहमा अब पाँचजना बढी सहभागी हुन नपाइने (सूचनासहित)

Related posts