back
NMB ad

यी हुन् राहत नपाउनेको गुनासो सुन्न सरकारले तोकेको ‘फोकल’ अधिकारी (सम्पर्क नम्वरसहित)

Kumari bank ad

काठमाडौं । सरकारले राहत पाउन नसकेका विपन्न नागरिकहरुका बारेमा सूचना लिन सातै प्रदेशमा फोकल अधिकारी तोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आईतवार सूचना जारी गर्दै सबै प्रदेशमा फोकल अधिकारी तोकिएको जानकारी दिएको हो ।

लकडाउनको अवधिमा नागरिकहरुले राहत प्राप्त गर्न नसकेको भए स्थानीय तहहरुसंग समन्वय र सहजिकरण गर्ने उद्धेश्यले उनीहरुलाई जिम्मेवारी तोकिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

‘राहत पाउन नसकेका उल्लेखित वर्गका व्यक्तिहरुले सम्पर्क गर्न हुन तथा आ–आफ्नो टोल, छिमेक र सम्पर्कमा रहेका पहुँच नभएका यस्ता व्यक्तिहरुका बारेमा एसएमएसमार्फत सम्पर्क गराई सहयोग गर्नु हुन मन्त्रालय सम्पूर्ण राजनीतिकर्मी, बुद्धिजीवी, पेशाविद्, संचारकर्मी, नागरिक समाजलगायत सम्पूर्ण महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछ’ सूचनामा भनिएको छ ।

फेकल अधिकारीका रुपमा उपसचिवहरु क्रमश प्रदेश–१ मा प्रल्हादकार्की, प्रदेश– २ मा ऋषीराज आचार्य, बागमती प्रदेशमा अच्युत रेग्मी, गण्डकी प्रदेशमा बाबुराम भुषाल, प्रदेश– ५ मा डिलाराम पन्थी, कर्णाली प्रदेशमा रामप्रसाद वाग्ले तथा सुदूरपश्चिम प्रदेशमा रेशमलाल कँडेल तोकिएका छन् ।

वि.सं.२०७७ वैशाख ८ सोमवार १२:२१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...