काठमाडौं । लोक सेवा आयोगले एक जरुरी सूचना निकालेको छ । आयोगले सम्पर्क अधिकृत तोकिएको सम्बन्धी सूचना निकालेको हो ।
सूचना अनुसार आयोगमा दर्ता गर्नुपर्ने बढुवा उजुरीका विषय, आयोगबाट प्राप्त गर्नुपर्ने कुनै प्रतिक्रिया वा जवाफ तथा अन्य प्रशासनिक कार्य सम्वन्धमा कुनै ताकेता गर्नुपर्ने, जानकारी लिनुपर्ने वा अन्य जिज्ञासा भएमा विभिन्न अधिकृतलाई सम्पर्क गर्न सकिने जनाएको छ ।
उक्त जानकारी लिनका लागि ३ जना अधिकृत तोकेको छ । जसमध्ये उपसचिव तथा सूचना अधिकारी देवीप्रसाद सुवेदी (९८५८७७७७७७), उपसचिव (कानुन)९८५११२९४३२, शाखा अधिकृत (प्रशासन) हरिप्रसाद भुसाल ९८४१२८२०५९ रहनुभएको छ ।
आयोगले लकडाउनको समयमा समेत सामान्य प्रशासनिक कार्यहरु गर्दै आएको छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ वैशाख ८ सोमवार १२:५३ मा प्रकाशित