back
NMB ad

अफगानी राष्ट्रपति कार्यालयका २० कर्मचारीलाई कोरोनाको सङ्क्रमण

Kumari bank ad

काठमाडौं । अफगानिस्तानको राष्ट्रपति कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको छ । सरकारी उच्च अधिकारीहरुले नाम सार्वजनिक नगर्ने सर्तमा दिएको जानकारी अनुसार राष्ट्रपति कार्यालयका कम्तीमा २० जना सङ्क्रमित भएका छन् ।

सङ्क्रमण भएकाहरुसँग राष्ट्रपति अशरफ घानीको सम्पर्क भएको थियो कि थिएन भन्ने बारेमा एकीन नभएको उनीहरुको भनाइ छ ।राष्ट्रपति कार्यालयका कर्मचारी नै कोरोना भाइरसबाट सङ्क्रमित भएको विषयमा राष्ट्रपति कार्यालयले भने कुनै प्रतिक्रिया दिएको छैन । क्यान्सर रोगबाट पीडित ७० वर्षीय घानी कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको बताइएको छ ।

अफगानिस्तानमा सोमबारसम्म ९९३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । उनीहरु अधिकांश विदेशबाट आएकाहरु रहेका छन् । अफगानिस्तानका झण्डै दुई लाख नागरिक पछिल्लो दुई महिनामा इरानबाट स्वदेश फर्किएका थिए ।

उनीहरु आएको देश इरान कोरोना भाइरसबाट अत्यधिक प्रभावित देशमा पर्दछ । इरानमा अहिलेसम्म ८२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढीको मृत्यु भएको छ ।

वि.सं.२०७७ वैशाख ८ सोमवार २१:२२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...