back
NMB ad

विगत २४ घण्टामा कोरोना संक्रमितको संख्या ७३ हजार पुग्यो, ५ हजार ३३२ ले ज्यान गुमाए

Kumari bank ad

काठमाडौं । विगत २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ७३ हजार ९२ जना पुगेको छ । ५ हजार ३ सय ३२ जनाले ज्यान गुमाएका छन् ।

विश्वका करिब सबै देशमा फैलिइसकेको कोरोना भइरसको संक्रमणका कारण मानिसको ज्यान जाने क्रम जारी छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ ।

विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चौथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो अपडेट अनुसार कोरोना संक्रमणबाट १ लाख ७० हजार ३ सय ३० जनाको मृत्यु भइसकेको छ ।

विश्वभरमा २४ लाख ६९ हजार ६६७ जना संक्रमित भएको पुष्टि भइकेको छ । संक्रमित मध्ये ६ लाख ४५ हजार ८ सय १० जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १७ लाखको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ७ लाख ९२ हजार ७ सय ६२ जना संक्रमित भएका छन् । त्यस्तै ४२ हजार ५ सय १४ जनाको संक्रमणबाट ज्यान गएको छ भने ७२ हजार ३ सय ७९ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् ।

१३ हजार ९ सय ५१ जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । अहिलेसम्म भाइरसको संक्रमणबाट अमेरिकामा सबैभन्दा बढी संक्रमितको ज्यान गएको छ ।

कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या २४ हजार १ सय १४ पुगेको छ भने ४८ हजार ८ सय ७७ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् ।

उपचारमा रहेका संक्रमित मध्ये २ हजार ५ सय ७३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । इटलीमा अहिलेसम्म १ लाख ८१ हजार २ सय ८१ जनामा संक्रमण भएको छ ।

चीनमा ८२ हजार ७ सय ४७ जनामा संक्रमण देखिएकोमा ७७ हजार ८१ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएको चीनमा ८९ जना अझै गम्भीर अवस्थामा रहेको जनाइएको छ । विगत २४ घण्टामा चीनमा कोरोना संक्रमणाका कारण कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा अहिलेसम्म ३१ जनामा संक्रमण देखिएको छ, जसमा ३० जना भारतलगायत विदेशबाट नेपाल भित्रिएका छन् भने एकजनामा नेपालमै संक्रमण देखिएको छ । चारजना पूर्ण स्वस्थ भई घर फर्किएका छन् भने बाँकी २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

वि.सं.२०७७ वैशाख ९ मंगलवार ०७:५१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...