back
NMB ad

धादिङमा चट्याङका कारण दुई जनाको ज्यान गयो, ७ जना घाइते

Kumari bank ad

धादिङ । हावाहुरी र असिनासँगै सोमबार साँझ धादिङको थाक्रे गाउँपालिका-३, बालुवाखर्कमा चट्याङ पर्दा दुई जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

गाउँमा रहेको बिजुलीको ट्रान्सफरमरमा चट्याङ परेपछि लेक मल्डुङ र बेसी मल्डुङ र बालुवाखर्कको सबैको घरमा विद्युतको हाइ भोल्टेज आएको थियो ।

घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न र बत्ती निभाउन खोज्दा करेन्ट लागेर घाइते भएका ५० वर्षीय सानुमान तामाङ र २४ वर्षीय सागर अर्याललाई उपचारका लागि काठमाण्डौ लाँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष अमित घलेले जानाकारी दिनुभयो ।

गम्भीर घाइते अर्का एक जनाको काठमाडौंमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनास्थल जिल्लाको दक्षिणपट्टि महाभारतक्षेत्रमा रहेको छ । यो क्षेत्रमाहरेक वर्ष चट्याङ पर्ने गरेको छ ।

घाइते भएका अन्य चार महिला र दुई पुरुषको भुुमेस्थानमा रहेको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनास्थलसम्म पुग्न पुथ्वीराजमार्गको महादेवबेसीबाट चारघण्टा लाग्छ ।

वि.सं.२०७७ वैशाख ९ मंगलवार ०८:१३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...