back
NMB ad

भारतमा दुई दिन काेराेनाकाे र्‍यापिड टेस्ट नगर्ने, यस्तो छ कारण

Kumari bank ad

नयाँ दिल्ली । भारतमा र्‍यापिड टेस्टबाट कोरोना भाइरसको परीक्षणमा रोक लगाइएको छ। केन्द्रीय गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र आईसीएमआरको तर्फबाट मंगलबार भएको संयुक्त पत्रकार सम्मेलनमा आगामी दुई दिनका लार्गि र्‍यापिड टेस्ट किटबाट कोरोना परीक्षणमा रोक लगाएको जानकारी गराइएको हो ।

आईसीएमआरका डा. रमन गंगाखेडकरले विभिन्न राज्यमा र्‍यापिड टेस्ट किटबाट लिइएको परीक्षणमा नतिजा फरक-फरक आएपछि यसको विश्वसनीयतामा प्रश्न उठेको बताए । उनले यसलाई ध्यानमा राख्दै आगामी दुई दिनका लागि यापिड टेस्ट नगर्न भनिएको जानकारी गराए। आईसीएमआरले ती राज्यमा आफ्नो टोली पठाउन लागेको उनले बताए ।

उनका अनुसार गहन छानबिनपछि आईसीएमआरले परीक्षणका लागि निर्देश जारी गर्नेछ। डा. गंगाखेडकरले हालसम्म देशमा करोना भाइरसको ४ लाख ४९ हजार ८१० परीक्षण भएको बताए। हिजो मात्रै ३५ हजार परीक्षण भएको थियो ।

स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले पछिल्लो २४ घन्टामा ७०५ जना निको भएको जानकारी दिए। देशमा अहिलेसम्म ३,२५२ बिरामी निको भएको उनले बताए।

वि.सं.२०७७ वैशाख ९ मंगलवार १८:१८ मा प्रकाशित

You can share this post!

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...