back
NMB ad

करार सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई बिदा !

Kumari bank ad

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई म्याद नथपी बिदा दिएको छ । कोरोना भाइरसको महामारीका बीचमा पनि काम गरिरहेका स्वास्थ्यकर्मीलाई कार्य सन्तोषजनक नभएको पत्र थमाउँदै प्रतिष्ठानले बिदाइ गरेको हो ।

कोरोना संक्रमणको जोखिमबाट मुक्त नहुँदासम्म स्वास्थ्यकर्मीलाई बिदा पनि नबस्न सरकारले अपिल गरिरहेका समयमा स्वास्थ्यकर्मीले व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पिपिई) लगायत सुविधा माग गरेका कारण प्रतिष्ठानले आफूलाई निस्काशन गरेको आरोप स्वास्थ्यकर्मी प्रकृति डिसीले लगाइन् ।

कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रतिष्ठानले १६ महिनादेखि मेडिकल वार्डमा कार्यरत घोराही १५ का स्टाफ नर्स डिसीलाई करार सेवाको म्याद थप गरेन । यसअघि प्रतिष्ठानमा कार्यरत आफूलाई पनि यही वैशाख १ गतेदेखि कममा नआउनू भन्ने व्यहोराको पत्र थमाएको चिकित्सक डा. अमृता श्रेष्ठले गुनासो गरिन् ।

स्वास्थ्यकर्मीको म्याद नथपेको विषयलाई प्रतिष्ठानले नियमित प्रक्रिया भएको जनाएको छ । प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश देवले म्याद सकिएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अवकाश दिइएको जानकारी दिए ।

‘करार सकिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काममा रोकेका हौंँ, सरकारले कार्यरत स्वास्थ्यकर्मीलाई बिदा नदिने भनेको हो, म्याद सकिएका कर्मचारीलाई काममा लगाउनेबारे भनेको होइन’, रजिष्ट्रार देवले भने ।

कामु रजिष्ट्रार देवका अनुसार केही स्वास्थ्यकर्मी आफैले राजीनामा दिएका छन् भने केहीको म्याद थप गरिएन । ‘कुनै पनि संस्थाले कार्यसम्पादन सन्तोषजनक नभएका कर्मचारीलाई कसरी राख्न सक्छ र ? सोहीबमोजिम उहाँहरुलाई पत्र थमाइएको हो’, कामु रजिष्टार देवले भने ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार ०८:०३ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...