back
NMB ad

उत्तर कोरिया : किमपछि महिला शासक, गृहयुद्धको संकेत !

Kumari bank ad

सोल । उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी छन् भन्ने हल्लासँगै उनको निधनपछि उत्तर अस्थिर बन्ने र शरणार्थी समस्या उत्पन्न हुने त्रास पनि फैलिएको छ । खासगरी अमेरिकामा उत्तर कोरियाली शरणार्थी समस्या उत्पन्न हुने आंकलन गरिएको छ ।

अप्रिल १५ मा किमका हजुरबा तत्कालिन उत्तर कोरियाली शासकको १०८ औँ जन्मदिन नमनाइएपछि किम गम्भीर रुपमा बिरामी भएका समाचार बाहिरियो । यद्यपि दक्षिण कोरियाली अधिकारीले उनी गम्भीर नभएको प्रतिक्रिया दिएका छन् ।

तैपनि ३६ वर्षे शासक किमको अत्याधि तौल र मोटोपनका कारण स्वास्थ्य समस्या भएको उत्तर कोरियाली विज्ञले भन्दैआएका छन् । साथै उनको निधनले उत्तरमा संकट र अस्थिरता उत्पन्न गर्नसक्ने टिप्पणी गर्न थालेका छन् ।

त्यसो त, शासक किमले उत्तराधिकारी भने घोषणा गरेका छैनन् । तैपनि वरियताक्रम अनुसार उनको सत्तारुढ दलका वरिष्ठ नेता किम यो जोङको हैसियत किम लगत्तै छ । यो किमकी बहिनी पनि हुन् ।

यसैले पनि किमको निधनपछि उत्तर कोरियाको शासन पद्दति सामूहिक नेतृत्वको शैलीमा प्रवेश गर्ने केही विज्ञको तर्क छ । जसले किमको पारिवारिक विरासत तोड्नेछ । ‘उत्तराधिकारी नतोकिनाले पनि उत्तरमा अराजकता, मानव दुख, अस्थिरता निम्तिनेछ, यो सबैका लागि दुखद् खबर हुनेछ,’ दक्षिण कोरियाली वरिष्ठ सैनिक अधिकारी चुन इन बुमले मिलिटरी टाइम्सलाई भनेका छन् ।

पूर्व सैनिक अधिकारी डेभिड म्याक्सवेल भने उत्तरको उथलपुथलप्रति अमेरिकी र दक्षिण कोरियाली सेनाको गतिविधिका कारण त्यहाँको अवस्था अफगानिस्तान र इराकको भन्दा कडा हुनसक्ने टिप्पणी गर्छन् ।

‘किमले उत्तराधिकारी तय गरेका छन् वा छैनन, त्यो पनि पनि प्रष्ट छैन, हामी अनुमान गर्न सक्छौँ कि, उनकी बहिनी किम योको गत महिना पदोन्नती गरिएकाले र आधिकारिक अभिव्यक्ति दिन थालेकाले उनैलाई उत्तराधिकारी बनाइएको हुनसक्छ,’ म्याक्सवेलले भने, ‘यसरी यहाँ रक्त सम्बन्धको आधारमा नै एक महिला उत्तर कोरियाको शासक बन्न सक्छिन् ।’

उत्तरका विज्ञ म्याक्सवेल उत्तराधिकारीको अभावले गर्दा कुनै शासनको पतन हुने विश्लेषण गर्छन् । त्यसको सम्भावित अवस्था सम्हाल्न अमेरिका र दक्षिण कोरिया तयार रहनुपर्ने उनको तर्क छ ।

कोरोना भाइरसको महामारीको उथलपुथलसँगै उत्तर कोरियामा मानवीय संकट निम्तनसक्ने विज्ञहरुको आंकलन छ । जसले गर्दा जापान, दक्षिण कोरिया, चीन लगायतले उत्तर कोरियाली शरणार्थी समस्या सामना गर्नुपर्नेछ । उत्तरबारे केही विज्ञले त शरणार्थी समस्यासँगै उत्तरमा गृहयुद्धको सम्भावना पनि देखेका छन् ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार १४:३१ मा प्रकाशित

You can share this post!

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...