नेपालमा ९ जनाले कोरोना संक्रमण जितेर घर फर्किए

काठमाडौं । हालसम्म कोरोना भाइरस संक्रमण जितेर फर्कनेको संख्या ९ जना पुगेको छ ।  स्वास्थ्य तथा बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङकामा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले निको हुनेको संख्या ९ पुगेको जानकारी गराएका हुुन् ।

यसअघि सात जना कोरोना उपचार गरेर घर फर्किसकेका छन् । उनले पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निको भएर आज घर फर्केको जानकारी दिए ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ३४ हजार ५ सय २३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएको छ । दुवै विधिबाट ४३ हजार ७ सय २२ वटा परीक्षणहरु भएका हुन् ।

२०७७ वैशाख ११ गते १६:४९ मा प्रकाशित

You can share this post!

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४७ पुग्यो

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४७ पुग्यो

Related posts