back
NMB ad

कर्मचारीको बिदा कटौति गर्न नमिल्ने भन्दै यस्तो आयो विज्ञप्ति !

Kumari bank ad

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले लकडाउनका बेला बिदा बसेका बैङ्कका कर्मचारीहरूको बिदा कटौती नगर्न चेतावनी दिएको छ ।

लकडाउनका बेला रहरले नभई बाध्यताले बिदा बसेका कर्मचारीहरूको बैङ्कले सञ्चित बिदा कटौती गरेको भन्दै बिरोध जनाएका हुन् ।‘नेपाल बैङ्क लिमिटेड लगायतका केही बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीप्रति गरेको व्यवहारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ’ फियनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका बेला बसेको बिदालाई सार्वजनिक बिदाको मान्यता दिनुपर्छ ।’

कार्यालयमा जाँदा बैङ्क व्यवस्थापनले कर्मचारीहरूको लागि चाहिने सवारी साधन, सवारी पास,पीपीई, मास्क लगायतका सुरक्षाको साधन उपलब्ध नगराउने गरेको भन्दै फियनले आपत्ति जनाएको हो।

कार्यालयसम्म जाने व्यवस्था तथा आवश्यक सुरक्षा सतर्कता समेत नपनाई जबरजस्ती कार्यालयमा बैङ्कहरूले हाजिर गर्न बाध्य बनाउने गरेकोमा आपत्ति जनाउँदै संघले यो कार्य तत्काल रोक्न पनि सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

फियनका अध्यक्ष पदमराज रेग्मीले यस्ता समस्याहरू बैङ्क व्यवस्थापन र संस्थाभित्रको ट्रेड युनियनबीच आपसी छलफल गरी टुङ्ग्याउनु पर्ने रेग्मीले बताए ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) नेपालमा रहेका ४५ वटा बैङ्क, इन्सुरेन्स लगायत वित्तीय संस्थाहरूमा रहेका आधिकारिक ट्रेड युनियनको महासंघ हो । फियन राष्ट्रिय रुपमा नेपाल ट्रेड युनियन कांग्रेस र अन्तर्रा्ष्ट्रिय रुपमा यु.एनआई. ग्लोबल युनियनसँग आवद्ध रहेको संस्था हो । 

वि.सं.२०७७ वैशाख ११ बिहीवार १७:४३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...