मन्त्रिपरिषदको बैठक बस्दै : अध्यादेश फिर्ता होला कि थप होला ? यस्तो छ संकेत !

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको अवस्थामा उहाँले आकस्मिक बैठक बोलाउनुभएको हो ।

सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार बिहानको भेटमा प्रधानमन्त्री ओलीले आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताउनुभएको थियो । बिहीबार नै नेकपाका ६ सचिवालय सदस्यको बैठकले पनि अध्यादेश फिर्ता लिनुपर्ने माग गरेको थियो।

अघिल्लो मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश फिर्ता लिने वा थप के गर्ने भन्ने विषयमा बैठकले निर्णय गर्नेछ । बैठकमा लकडाउनका बारेमा समेत छलफल हुनेछ ।

२०७७ वैशाख १२ गते १०:०६ मा प्रकाशित

You can share this post!

६ दिन सार्वजनिक बिदा दिने !

६ दिन सार्वजनिक बिदा दिने !

Related posts