एक साताभित्र सबै विद्यालयतहका परीक्षाको नतिजा प्रकाशित हुने

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण बढ्ने खतराका कारण विद्यालय तहको वार्षिक परीक्षा सकेर घरमै एक महिनाभन्दा बढी बन्दाबन्दीमा परेका कतिपय विद्यालयका विद्यार्थीले आगामी साता नतिजा हाल पार्ने भएका छन्।

विद्युतीय माध्यमबाट पठनपाठन अगाडि बढाउनका लागि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा आगामी सातासम्म दिने गरी तयारी गरिएको छ ।

कतिपय विद्यालय भने नतिजा प्रकाश गरी विद्युतीय माध्यमबाट नयाँ शैक्षिक आरम्भ गरिसकेका छन्। शिक्षा तथा मानव विकास स्रोत केन्द्रले स्वास्थ्य र सुरक्षालाई दृष्टिगत गरी विद्यालयले विद्यार्थीको नतिजा प्रकाशन गर्न जनाएको छ । निजी विद्यालयहरूले पनि आगामी वैशाख १९ गतेसम्म सबै विद्यार्थीको नतिजा प्रकाशन गर्ने निर्णयमा पुगेका छन्।

सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण वार्षिक परीक्षा छिटो सक्न निर्देशन दिएपछि विद्यालयहरुले गत चैत ५ गते कक्षा ९ सम्मको वार्षिक परीक्षा सकेका थिए ।

२०७७ वैशाख १३ गते ११:२१ मा प्रकाशित

You can share this post!

उच्चस्तरीय समितिको बैठक बस्दै : लकडाउन थप्ने कि मोडल परिवर्तन गर्ने ? यस्तो हुँदैछ निर्णय !

उच्चस्तरीय समितिको बैठक बस्दै : लकडाउन थप्ने कि मोडल परिवर्तन गर्ने ? यस्तो हुँदैछ निर्णय !

Related posts