कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत एक कर्मचारीको र्यापिड रिक्षणका क्रममा कोरोना पोजेटिभ पाइएको छ । उनलाई माहाकाली अस्पतालमा आईसोलेट गरिएको छ ।
नगरपालिकाका अनुसार स्वाव परिक्षणको रिपोर्ट आउन बाँकी छ । कञ्चनपुरमा हालसम्म एकजनामा मात्रै कोरोना पोजेटिभ देखिएको छ । उनी निको भएर डिस्चार्ज भइसकेका छन् ।
वि.सं.२०७७ वैशाख १३ शनिवार ११:५२ मा प्रकाशित