अम्बे स्टीलस्द्वारा कोरोना कोषमा २५ लाख जम्मा

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा अम्बे स्टीलस्ले  सहयोग स्वरुप २५ लाख जम्मा गरेको छ ।

कोभिड–१९ को संक्रमणमा परिरहेको यस आपतकालीन अवस्थामा सहयोग पुराउन उद्देश्यसहित अम्बे स्टीलस्ले  अध्यक्ष शोभाकर (हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई २५ लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।

नेपालको स्टीलस् जगतमा आफ्नो बेग्लै पहिचान बनाएर ग्राहकहरुको विश्वास जित्न सफल अम्बे स्टीलस्लेयस योगदान मार्फत् आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ ।

आफ्नो स्थापना कालदेखि नै समाजिक कल्याणका लागि उल्लेखनीय योगदान पु¥याउँदै आइरहेको अम्बे स्टीलस्ले आगामी दिनहरुमा पनि सहयोग गर्ने जनाएको छ ।

२०७७ वैशाख १३ गते १३:०१ मा प्रकाशित

You can share this post!

वैशाख १५ पछि आन्तरिक उडान खुलाउने !

वैशाख १५ पछि आन्तरिक उडान खुलाउने !

Related posts