आठ महिनामा ४ अर्ब ६९ करोड शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । चालू आर्थिक वर्षको आठ महीनाको अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा ४ अर्ब ६९ करोड शेयर सूचिकृत भएको छ । सो सूचिकृत शेयरको चुक्ता मूल्य रू.४५९ अर्ब ४९ करोड रहेको छ ।

यस्तै चालू आवको ८ महीनामा रू. २५ अर्ब ५५ करोड बराबरको शेयर लाभांश, रू. २१ अर्ब ४६ करोडबराबरको ऋणपत्र रू. १२ अर्ब १६ करोडबराबरको साधारण शेयर, रू.५ अर्ब ७५ करोडबराबरको सामूहिक लगानी कोष रू.४ अर्ब ११ करोड बराबरको हकप्रद शेयर र रू. ११ अर्ब ८३ करोड बराबरको अन्य गरी कुल रू. ८० अर्ब ८६ करोड बराबरको थप धितोपत्र सूचिकृत भएका छन् ।

सो अवधिमा नेपाल धितोपत्र बोर्डले रू. २१ अर्ब ४५ करोडबराबरको ऋणपत्र, रू.४ अर्ब ४१ करोडबराबरको हकप्रद शेयर, रू.२ अर्ब ७५ करोडको साधारण शेयर र रू.१ अर्बको सामूहिक लगानी कोष गरी रू. २९ अर्ब ६२ करोड बराबरको धितोपत्र निष्काशन गर्ने अनुमति दिएको छ । -रासस

२०७७ वैशाख १३ गते १३:२९ मा प्रकाशित

You can share this post!

बाहिरी जिल्लाबाट आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखिने

बाहिरी जिल्लाबाट आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखिने

Related posts