back
NMB ad

यी ६ देश : जसले शतप्रतिशत संक्रमित निको बनाए

Kumari bank ad

काठमाडौं । विश्वव्यापी महामारीबाट अमेरिका, स्पेन, इटाली जस्ता मुलुकहरुमा भयावह अवस्था सिर्जना गरिरहेको छ । आइतबार मध्यान्हसम्म नौ लाख ६० हजार संक्रमित भएको अमेरिकामा ५४ हजार बढीको मृत्यु भइसकेको छ ।

अमेरिकामा बिरामी निको हुने दर पनि न्यून छ । अहिलेसम्म एक लाख १८ हजार बिरामी निको भएका छन् भने सात लाख ८८ हजार बिरामी उपचारत छन् । तर, यो विश्वव्यापी महामारीबाट ६ देशले पनि सतशत प्रतिशत बिरामी निको बनाएका छन् ।

ग्रिनल्याण्ड, सेन्ट लुसिया, क्यारिबियन नेदरल्याण्ड्स, यमन, साओ टोमे र प्रिन्सिपेमा सवै संक्रमित निको भएका छन् । ग्रिनल्याण्डमा एघार जना र सेन्ट लुसियामा १५ जनामा संक्रमण देखिएको थियो । ती सवै बिरामी निको भएका छन् ।

सेन्ट बार्थलेमीमा ६, यमनमा एक, क्यारिबियन नेदरल्याण्ड्समा पाँच र साओ टोमे र प्रिन्सिपेमा चार संक्रमित भेटिएका थिए । ती सबै बिरामी निको भइसकेका छन् । अहिले यी ६ वटै देशमा कुनै पनि संक्रमण देखिएको छैन ।

दक्षिण एसियामा कुनै पनि मुलुकले शतप्रतिशत बिरामी निको बनाइसकेका छैनन् । तर, निको बनाउनेमा भने राम्रै नतिजा देखिन्छ । सात जना संक्रमित भेटिएको भुटानमा तीन जना निको भइसकेका छन् । नेपालमा ५१ मध्ये १२ जना निको भइसकेका छन् । दक्षिण एसियामा सवैभन्दा पहिले नेपालमा संक्रमण देखिएको थियो ।

बिरामी निको बनाउने देशहरुमा कम्बोडिया, जिब्राल्टर, सुरिनाम, गाम्बिया, डोमिनिका लगायत देशहरु अगाडि छन् । कम्बोडियामा १२२ संक्रमति मध्ये ११७, सुरिनाममा दश संक्रमित मध्ये सात, गाम्बियामा दश संक्रमित मध्ये आठ, डोमिनिकामा १६ संक्रमित मध्ये १३ बिरामी निको भइसकेका छन् । यी थोरै संक्रमण देखिएको देश भए ।

धेरै संक्रमित देखिएर तुलनात्मक राम्रो उपचार भएको देशहरु दक्षिण कोरिया, अष्ट्रेलिया, इराक, आइसेल्याण्ड, न्यूजिल्याण्ड, लक्जेम्बर्ग, डेनमार्क लगायत छन् । धेरै बिरामी निको बनाउने र लगभग नियन्त्रण गर्ने मुलुक भने चीन नै हो ।

८२ हजार संक्रमित भेटिएकोमा चीनले ७७ हजार बिरामी निको बनाए । ४६ सय बिरामीको मृत्यु भयो । अहिले चीनमा बिरामी संख्या ८०१ जना छन् ।

विश्वभर २९ लाख संक्रमित भेटिएकोमा अहिलेसम्म ८ लाख ३७ हजार बिरामी निको भएका छन् भने दुई लाख तीन हजार बढीको मृत्यु भएको छ ।

वि.सं.२०७७ वैशाख १४ आइतवार १४:३३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...