back
NMB ad

एक महिनायता बन्द सरकारी कार्यालय खुल्न थाले

Kumari bank ad

सुर्खेत । कर्णाली प्रदेशमा आन्तरिक काम गर्ने गरी सरकारी कार्यालय खुलेका छन । तत्कालका लागि अन्य सेवा प्रवाह नगरी आन्तरिक काम गर्न सबै सरकारी कार्यालय खुलेका हुन् ।

कार्यालय खुले पनि सेवाग्राहीका नियमित काम भने गरिने छैन । लकडाउन भएपछि एक महिनायता अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द थिए ।

लकडाउनकै अवस्थामा गत विहीबार प्रदेश विपद् व्यवस्थापन केन्द्रले प्रदेशभित्रका सबै सरकारी कार्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सरकारी कार्यालयबाट अहिले आन्तरिक काम मात्रै हुने जानकारी दिनुभयो ।

आगामी वर्षका लागि कार्यक्रम र बजेटको तयारी गर्नुपरेकाले कार्यालयहरु सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । ‘चालु आर्थिक वर्षको अन्तिममा छौँ। आगामी वर्षका लागि कार्यक्रम र बजेट तय गर्नुपर्ने छ,’ मन्त्री केसीले भन्नुभयो, ‘कर्मचारीले सुरक्षा सावधानी अपनाइ काम गर्नुहुन्छ।’

वि.सं.२०७७ वैशाख १४ आइतवार १५:०० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...