कोरोना प्रकोपमा पर्यटन व्यवसाय : यसरी गर्न सकिन्छ व्यवस्थित

काठमाडौं । विश्वव्यापी संक्रमण भ्एको कोभिड-१९ ले आजको मिति सम्म एक लाख ९१ हजार भन्दा बढी मानव जीवनलाई समाप्त पारेको छ । यो लडाँईको समय कति दिन सम्म जान्छ भन्ने एकिन गर्न विज्ञहरुले सकेका छैनन् ।

विश्वका सरकारहरुको एक मात्र ध्यान यस भाईरसबाट आफ्ना नागरिकहरुलाई बचाउन रहेको छ तर यस रोगको नियन्त्रण गर्नलाई आवश्यक पर्ने उपयुक्त औषधि पत्ता लगाउन सकिएको छैन जसको कारणले मानिसहरुमा आतंकको सिर्जना भएको छ ।

विश्वका हरेक राज्यका सरकारहरुले यो महामारीको उचित औषधि आफ्ना आफना घरमा बस्नुहो भन्ने निश्कर्ष रहेको छ र सोहि बमोजिम अधिकांश मुलुक लक डाउनमा रहेको छ । यो महामरीको संक्रमित संख्या दिनानुदिन बृद्धि हुने क्रम जारी छ । नेपालको सन्दर्भमा हेर्ने हो भने नेपाल सरकारले समयमा नै उचित कदम चालेर रोग नियन्त्रणको प्रयास गरेको छ ।

साथै सम्मानित सर्वोच्च अदालतले समेत महामारी नियन्त्रण गर्नलाई सरकारलाई उचित कदम चाल्नलाई आदेश दिएको छ साथै व्यवस्थापिका संसदले समेत रोग नियन्त्रणको लागिचासो राखेकोले राज्यका सम्पुर्ण निकायहरु रोगसँग लड्न तयार रहेको आभास हुन्छ ।

काभिड-१९ को प्रत्येक्ष असर र प्रभाव पर्यटन उद्योगमा पर्ने विज्ञहरुको आंकलन तथा स्पष्ट समेत छ । पर्यटन भन्न वित्तिकै पर्यटक, लगानिकर्ता श्रमिक र गन्तव्य स्थानको समिश्रण मान्न सकिन्छ । यस्तो महामारीमा पर्यटकहरुको आवागमन नरहने वित्तिकै यो मिश्रणको महत्वपुर्ण तत्वको अभावले गर्दा पर्यटन व्यवसायमा पर्ने असर स्वभाविक छ । जतिसुकै राम्रो र उत्कृष्ट गन्तव्य स्थान भएपनि पर्यटकहरु आएनन भने त्यस्तो स्थानहरुमा पर्यटन व्यवसायको निश्चितता नहुन सक्छ ।

पर्यटन व्यक्तिहरुको आवश्यकताको विषय भित्र पर्दैन र यो अन्यमाल सामानहरुको विक्री गर्ने गोदाम जस्तो समेत होईन जुन आज नभए भोलि विक्री गर्न सकिन्छ । यो व्यवसाय संवेदनसिल व्यवसायमा पर्ने जोखिमयुक्त व्यवसाय हो जहाँ संसारमा हुने सानाभन्दा साना घटनामा समेत प्रभावित हुने हुन्छ भने यस्ता खालको मानवीय कावु भन्दा बाहिरको परिस्थितिबाट सृजना हुने माहारोग तथा प्रलयबाट दिर्घकालिन प्रभाव पर्न सक्छ ।

हाल उत्पन्न यो महामारी समस्याको समाधान तत्काल हुन सकेमा समेत करिव तीनवर्ष पर्यटन व्यवसायमा पुर्णरुपले पुनर्स्थापना हुनलाई समय लाग्ने भएकोले हामीले सोहि अनुरुपको नीति निर्माण गर्नलाई तयार हुन आवश्यक छ ।

हामीहरुले ईतिहासमा भएका महामारीको घटनाहरुको विषयमा अध्ययन गर्ने गरेका थिर्यौ जसको प्रत्येक्ष अनुभवहालको पुस्ताले भोग्नु परेको छ । यस्तो महामारी तथाकावु भन्दा बाहिरको परिस्थिति उत्पन्न भएको समयमा समाजमा सिर्जना हुने विभिन्न खालका विचारहरुले कहि कहीं समाजलाई भ्रमित वनाउन समेत पछि पर्दैन ।

हालको परिस्थितिमा विशेष गरी पर्यटन क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुमा राज्यले कुनै प्रकारको भुमिका निर्वाह गर्दैन कि भन्ने आशंका भएको छ । किनभने नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रबाट प्रत्येक्ष योगदान केवल तीन प्रतिशत मात्र भएको बेहोरा सरकारले तथ्य देखाउने गरेको छ तर यस क्षेत्रले समाजको अन्य क्षेत्रमा पुर्याएको योगदानको विषयमा गहिरो अध्ययन गरिएको छैन । हामीले हचुवाको भरमा पर्यटनको योगदान नभए पनि खासै आर्थिक प्रभावन पर्ने भन्ने सरकारको भनाईले पर्यटन उद्यागीहरुमा निरासा आउन स्वभाविक हो ।

हाल व्यवसायीहरुले केहि समयको लागिबाँच्ने आधार सृजना गराउनपर्ने वकालत गरिहेका छन विशेष गरी पर्यटनको उद्योगमालगानी गर्ने लगानी कर्ताहरुमा अस्तित्वमा रहेका, भरखरै व्यवसायको शुरुवाती गरेका तथा घर भाडामा लिएर लगानी गरेका जस्ता तीन खालका व्यवसायीहरुको अस्तीत्व रहेको अवस्था छ ।

अस्तित्वमा रहेका व्यवसायीहरुमा श्रमिकहरुप्रति दायीत्वको वोझ देखिन्छ भने भर्खर व्यवसाय शुरु गर्ने पर्यटन व्यवसायीहरुलाई बैंकको किस्ता तथा व्याजको बोझ देखिन्छ र लिजतथा भाडामा व्यवसाय गर्ने व्यवसायीहरुमा लिज तथा भाडा तिर्न पर्ने समस्या देखिन्छ । यस स्थितिमा घरधनीहरुले पर्यटन व्यवसायमा घर तथा जग्गा लिजमा दिएको र उनीहरुकाले बैंकको किस्ता तथा व्याजदिनुपर्ने अवस्था रहेको उनीहरुको समेत ख्याल गर्नुपर्ने देखिन्छ ।

यस्तो अवस्थामा यदि पर्यटन क्षेत्रलाई बचाउने हो भने राज्यले कम्तिमा तीन बर्षको योजना बनाई नीतिको तर्जुमा गर्न आवश्यक देखिन्छ । प्रथम बर्षलाई महामारीको रेड जोनको घोषणा गरी श्रमिकहरुको तलव तथा व्याजको व्यवस्थापन गर्नलाई निव्र्याजी ऋणको व्यवस्थापन गर्न आवश्यक छ भने अस्तित्वमा रहेको ऋणको व्याजलाई न्युनिकरण गरी किस्ता दिने समय थप गर्न आवश्यक छ । त्यसै गरी दोस्रो वर्षका लागि कर्मचारी तथा श्रमिकको तलव भत्ताको लिएको ऋणमा व्याजमा सरलीकरण गर्दै व्याज मात्र तिर्ने व्यवस्था गरिनु पर्नेछ र तेस्रो वर्ष देखि साँवा व्याज फिर्ता गर्ने गरि व्यवस्था गरिन आवश्यक छ ।

हालको महामारीको अवस्थाले गर्दा पर्यटकहरुको आवागमन ग्रीन जोनमा हुने गरी नेपालमा आउनलाई समय लाग्ने भएकोले कर्मचारीहरुको व्यवस्थापनलाई कम्तिमा पच्चिस प्रतिशतमात्र रोजगारी दिन सक्ने भएकोले करीव २ बर्षलाई न्युनतम् आधारभुत तलव मात्रको व्यवस्थापन गर्न आवश्यक छ भने बाँकी करिव पच्चहत्तर प्रतिशत कर्मचारीहरुलाई वेतलवी विदामा राख्ने गरी व्यवस्था गरिन आवश्यक देखिन्छ ।

विश्वका सरकारहरुले नागरिकहरुलाई बच्ने र बचाउने उपाएहरुको खोजि गरिरहेका अवस्थामा हाम्रो सरकारले यस विषय विचार गर्ने नै छ भन्ने लाग्छ तर पर्यटन व्यवसायलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यक छ । हाम्रो समाज तथा नागरिक समाजमा समेत पर्यटन व्यवसायबाट व्यवसायीहरुले प्रचुरमात्रामा आयआर्जन गर्ने गरेको भन्ने भ्रमभएको हुनसक्छ । त्यसैगरी अन्य व्यवसायको सोलो डोलोमा पर्यटन व्यवसायलाई राखेर हेर्ने हो भने पर्यटन व्यवसायमा लाग्ने लगानीकर्तामा अन्याय हुन सक्छ किनभने पर्यटन व्यवसाय अदृश्य व्यवसाय हो जुन मानवीय भावना, चाहना तथा उत्साहमा भर पर्दछ । साथै यो व्यवसाय आजको दिनमा हुन आवश्यक छ भोलि भन्न वित्तिकै नोक्सानीको विषय वन्न सक्छ ।

त्यसैगरी अन्य भौतिक वस्तुको व्यवसायीहरुले मुल्य अभिवृद्धि करलाई फिर्ता पाउने तथा निर्यातको व्यवासायमा राज्यले अनुदानदिने गरेको छ तर आज सम्म राज्यले पर्यटनलाई कुनै अनुदान दिएका छैन साथै पर्यटन व्यवसायमा मुल्य अभिवृद्धिकरको फिर्ता पाउने व्यवस्था समेत गरिएको छैन र पर्यटन व्यवसायमा खपत हुने अधिकांश विषयहरु कृषि उत्पादनसँग सम्वन्धित भएकोले कृषकहरुले मुल्य अभिवृद्धिको विजक दिन सक्दैनन तर मुल्यमा भने समान नै हुने गर्दछ ।

संसारमा उत्पति हुने विभिन्न खालका सरुवा रोगका कारणले विगतमा समेत विश्व पर्यटनको व्यवसायमा असर परेको उदाहरणहरु प्रसस्त छन तथापि पचास वर्षको ईतिहासलाई नियाल्ने हो भने पर्यटकहरुको भ्रमणमा हरेक वर्ष वृद्धि हदै गएको तथ्यहरु छन् तर यो कोभिड १९ को असर तथा प्रभाव विश्वका सम्पुर्ण मुलुकहरुमा परेको हुनाले पर्यटकहरुको आवागमन तुरुन्तै हुन्छ भन्न सकिदैन ।

पर्यटकहरुको भ्रमण गर्ने योजना तथा आर्थिक व्यवस्थापनको विषय करिव दुई देखि तीनवर्ष अगाडि देखि बनेको हुन्छ । यस्ता खालको महामारीको कारणले व्यक्तिहरुको रोजगारी गुमेको अवस्था हुनेछ साथै भ्रमण गर्नलाई विश्वासको वातावरण वनिसककेको अवस्था हुदैन । पर्यटकहरुको भरपरेर व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले पर्यटक नै नआउने भएपछि वाँच्ने आधारको मात्र योजना बनाउन आवश्यक देखिन्छ ।

राज्यले बनाउने नीतिमा पर्यटन व्यवसायलाई सकारात्मक विभेदको सिद्धान्तलाई अंगिकरण गरी पर्यटन क्षेत्रको उर्जालाई व्यवस्थित गर्न आवश्यक देखिन्छ । हुनत राज्यले समाजको हरेक प्रकारका व्यवसाय तथा नागरिकहरुको समस्याको लागि सम्वोधन गर्नुपर्ने गरी नीति बनाउन आवश्यक छ तर पनि पर्यटनको संवेदनसिलतालाई ध्यान दिन आवश्यक देखिन्छ ।

एकथरीले भन्ने गर्दछन कि यस्तो महामारीमा समेत व्यवसायीहरु मानवीय संवेदनसिलतालाई ध्यानमा नलागेर आफनो स्वार्थमा कार्य गरिरहेका छन भन्ने लाग्न सक्छ तर यो क्षेत्रको लगानीलाई व्यवस्थित गर्न सकिएन भने हामी सर्वसाधारणको थोपा थोपा गरी बैंकमा राखेको पैसा पर्यटन व्यवसायीहरुले लगानी गरेका छन । जसको उचित हिसावले व्यवस्थापन गर्न सकिएनभने हामीले नोक्सानी बेहोर्नु पर्नेछ । महामारीलाई नियन्त्रण गरी विजय हासिल गर्नलाई सरकारले दिएको निर्देशनलाई पालनागर्दै व्यवसायको निरन्तरता दिनलाई अपनाउन पर्ने प्रविधि, ज्ञान तथा विचारहरु समेत निर्माण गर्न आवश्यक छ ।

अन्त्यमा, विश्वमा फैलिएको महामारी रोगको विरुद्धको लडाँईमा मानव जातीको विजय हुने सुनिश्चित छ । सरकारले आदेश गरेबमोजिम सुरक्षित रहने उपाएहरुको पालना गर्नु सम्पुर्ण नागरिकहरुको दायीत्व हन्छ । सवै बाँच्ने बचाउने प्रयासमा सवैको सकारात्मक सहयोग र साथ रहेमा भविष्यमा मुलुकले लिने नीतिले पर्यटन व्यवसायी तथा यसमा आश्रित सवैको भलो हुने नै छ ।

लेखक :
Image may contain: 1 person, eyeglasses and suit

अधिवक्ता घनेन्द्रबहादुर श्रेष्ठ

(अध्यक्ष टुरिजम लयर्स फोरुम नेपाल, पुर्व कार्यकारी सदस्य, नेपाल पर्यटन वोर्ड )

२०७७ वैशाख १५ गते १४:५७ मा प्रकाशित

You can share this post!

कोरिया जानेलाई अनुमति दिइने

गृह मन्त्रालयले जारी गर्यो अत्यन्त जरुरी सूचना

Related posts