काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । पार्टीको शीर्ष तहका नेताबीच सोमबार भएको सहमति अनुसार सचिवालय बैठक आज (मंगलबार) बोलाइएको हो ।
सरकारले ल्याएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धि दुई अध्यादेश फिर्तापछि पनि पार्टीभित्रको विवाद निरुपण नभएपछि नेकपाले सचिवालय बैठक बोलाएको हो । स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने भएको छ ।
वि.सं.२०७७ वैशाख १६ मंगलवार ०८:२४ मा प्रकाशित