back
NMB ad

अनलाइनबाटै विद्यालय तहको नतिजा प्रकाशन सुरु

Kumari bank ad

काठमाडौं । निजी स्कुल सञ्चालकले गत चैतमा सञ्चलन गरेको विद्यालय तहको परीक्षाको नतिजा अनलाइनबाट प्रकाशन सुरु गरेका छन् ।

कोरोना भाइरसको संक्रमण त्रासका कारण गरिएको मुलुकव्यापी लकडाउनले विद्यालय खुल्न नसकेपछि अनलाइनबाटै नतिजा प्रकाशन सुरु गरिएको उनीहरुले जनाएका छन् ।

कक्षा एकदेखि ९ सम्मको परीक्षा चैत पहिलो साता सम्पन्न भएको थियो । परीक्षा सम्पन्न भएर उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनको तयारी गर्दैगर्दा सरकारले चैत ११ गतेबाट मुलुकभर लकडाउन गरेपछि काम रोकिएको थियो ।

लकडाउनको अवधिमा घरैमा बसेर उत्तरपुस्तिका परीक्षणलगायतका अन्य प्राविधिक काम गरेपनि नतिजा प्रकाशन गरिएको लिटिल एन्जल्स स्कुलका प्राचार्य मुकुन्द शर्माले बताए । उनले भने, ’लकडाउनको अवधिमा पनि सम्पन्न गर्न सक्ने जति काम गरेका छौं । विद्यार्थी र अभिभावकसँग सम्पर्क पनि भइरहेको छ ।’

नतिजा प्रकाशन गरेर सम्बन्धित विद्यालयले विद्यार्थीको विवरण वेभसाइटमा राखेका छन् । साथै उनीहरुले अभिभावकलाई एसएमएस तथा टेलिफोनबाट नतिजाबारे जानकारी गराएका छन् । अधिकांश विद्यालयले नतिजा प्रकाशन गरिसकेका छन् ।

नतिजा प्रकाशनसँगै केही विद्यालयले भने अनलाइनबाट पठनपाठनको तयारी गरिरहेका छन् । केहीले भने सुरु गरिसकेको नीजि विद्यालय सञ्चालकको संस्था प्याब्सनले जनाएको छ ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार १०:५२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...