back
NMB ad

काेराना अपडेट : २ लाख १७ हजारकाे मृत्यु, ३१ लाखमा संक्रमण

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वमा २ लाख १७ हजार ७ सय ९ जनाको मृत्यु भएको छ । विगत २४ घण्टामा मात्रै संक्रमणबाट ६ हजार ३ सय ५१ जनाको मृत्यु भएको छ ।

विश्वका करिब सबै देशमा फैलिइसकेको कोरोना भइरसको संक्रमणका कारण मानिसको ज्यान जाने क्रम जारी छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ ।

विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चौथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो अपडेट अनुसार ३१ लाख ३६ हजार २ सय ४५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

संक्रमित मध्ये ९ लाख ५३ हजार २ सय १७ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १८ लाखको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म १० लाख ५ हजार ७ सय ६५ जना संक्रमित भएका छन् । त्यस्तै ५९ हजार ९ सय ६६ जनाको संक्रमणबाट ज्यान गएको छ भने १ लाख ४२ हजार २ सय ६२ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् ।

१५ हजार २ सय ९८ जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । अहिलेसम्म भाइरसको संक्रमणबाट अमेरिकामा सबैभन्दा बढी संक्रमितको ज्यान गएको छ ।

कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या २७ हजार ३ सय ५९ पुगेको छ भने ६८ हजार ९ सय ४१ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये १ हजार ८ सय ६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । इटलीमा अहिलेसम्म २ लाख एक हजार १ सय एक जनामा संक्रमण भएको छ ।

चीनमा ८२ हजार ८ सय ३६ जनामा संक्रमण देखिएकोमा ७७ हजार ५ सय ५५ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएको चीनमा ५० जना अझै गम्भीर अवस्थामा रहेको जनाइएको छ । विगत २४ घण्टामा चीनमा कोरोना संक्रमणाका कारण कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा अहिलेसम्म ५४ जनामा संक्रमण देखिएको छ । १६ जना पूर्ण स्वस्थ भई घर फर्किएका छन् भने बाँकी ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

वि.सं.२०७७ वैशाख १७ बुधवार ०७:३७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...