कोरोना कहर : अमेरिकामा थप एक नेपालीको निधन

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्ने गैरआवासीय नेपाली महेश पन्थीको निधन भएको छ ।

भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका पन्थीको मंगलबार बिहान उपचारका क्रममा अस्पतालमा निधन भएको हो । कोरोना संक्रमित पन्थीको बिगत २० दिनदेखी इनोभा फेयर ओक्स अस्पतालमा उपचार भइरहेको थियो ।

नेपालमा ललितपुर कुपन्डोल घरभएका पन्थीका आमा, श्रीमती, एक छोरा र एक छोरी छन्। उनि एक दशक देखि अमेरिका थिए। पूर्व भलिबल खेलाडी समेत रहेका पन्थीको निधनप्रति स्थानिय संघ सस्थाहरुले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेका छन्।

२०७७ वैशाख १७ गते ०९:१९ मा प्रकाशित

You can share this post!

भारतमा कोरोना संक्रमित संख्या ३१ हजार नाघ्यो

भारतमा कोरोना संक्रमित संख्या ३१ हजार नाघ्यो

Related posts