काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक साँझ बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे सचिवालय बैठक बोलाइएको छ ।
अध्यादेश प्रकरण पछाडि नेकपाभित्र चर्को विवाद देखिएका बेला यो सचिवालयलाई महत्वका साथ हेरिएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरु बीच मंगलबार नै सचिवालय बोलाउने सहमति भएको थियो ।
तर, प्रधानमन्त्री ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग सम्वाद गरी सचिवालय बैठक बुधबार साँझ बोलाउनुभएको हो ।
वि.सं.२०७७ वैशाख १७ बुधवार १०:५७ मा प्रकाशित