फेरि थपिए नेपालमा कोरोना संक्रमित, कति पुग्यो संख्या ?

काठमाडौं । आज बुधबार थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसार, ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।

आज थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् ।

२०७७ वैशाख १७ गते १३:३२ मा प्रकाशित

You can share this post!

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख कट्यो, ५९ हजार बढिको मृत्यु

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख कट्यो, ५९ हजार बढिको मृत्यु

Related posts