back
NMB ad

कोरोना कहर : अमेरिकामा ६१ हजार भन्दा बढीको मृत्यु, बेलायतमा २६ हजार नाघ्यो

Kumari bank ad

एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोभिड( १९) का कारण मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ । अमेरिकामा विगत २४ घण्टामा २३ सय ५२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ एकै दिन २७ हजार पाँच सय ८६ जना बिरामी थपिएका छन्।

अमेरिकामा हालसम्म १० लाख ६३ हजार पाँच सय ५१ जना संक्रमित भेटिएका छन्। ती मध्ये १ लाख ४७ हजार १ सय १४ जना निको भएर घर फर्किएका छन्। अमेरिका पछि धेरै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।

त्यहाँ २७ हनार ६ सय ८२ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख ३ हार ५ सय ५१ जना संक्रमित छन्।  बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मार्च २ यता २६ हजार ९७ पुगेको बेलायतको स्वास्थ्य मन्त्रलायले जनाएको छ। तथ्यांक अनुसार पछिल्लो एक दिनमा बेलायतमा सात सय ६५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो।

बेलायचमा १ लाख ६५ हजार २ सय २१ जना संक्रमित रहेका छन्। स्पेनमा मृत्यु हुनेको संख्यामा केही कमी आएको छ।  त्यहाँ विगत २४ घण्टामा ४ सय ५३ जनाले ज्यान गुमाएका छन्। हालसम्म स्पेनमा २४ हजार २ सय ७५ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा २४ हजारको ज्यान गएको छ। त्यहाँ एक लाख ६६ हजार ४ सय २० जनामा संक्रमण भेटिएको छ।

अर्को अमेरिकी देश ब्राजिलमा केहि दिनदेखि तीव्र रुपमा फैलिदै गएको यो भाइरका कारण एकै दिन ४ सय ४८ जनाले ज्यान गुमाएको वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांकमा छ। त्यस्तै हाम्रो छिमेकी देश भारतमा ३३ हजार ६२ जना संक्रमित छन्।

त्यहाँ हालसम्म एक हजार ७९ जनाले ज्यान गुमाएका छन् भने ८ हजार ४ सय ३७ जना निको भएका छन्। विश्वभरमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ।

आज विहान सम्म विश्वमा ३२ लाख १९ हजार २ सय ३५ जनामा संक्रमण भेटिएको छ। २ लाख २८ हजार १ सय ८९ जनाको ज्यान गइसेको छ। त्यस्तै १० लाख भन्दा धेरै मानिस निको भएर घर फर्किएका छन ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार ०८:१६ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...