यी व्यक्ति, जो व्हेलको पेटमा तीन दिनसम्म बसेर पनि जिउँदै निस्किए…

एजेन्सी । स्पेनको एक व्यक्तिले आफू व्हेलको पेटमा तीन दिन र तीन रात बसेर बाहिर निस्केको बताएका छन् । उनले बताए अनुसार पछिल्लो हप्तामा आएको तुफानको कारण उनी समुन्द्रमा डुबे र बिहानको समयमा व्हेलले निलिदियो ।

सबैभन्दा डराउने कुरा उसको पेटमा पनि उनी जिउँदै थिए । व्हेलको पेटमा सबैकुरा कालो थियो र चिसो पनि अत्यधिक रहेको उनले बताएका छन् । पेटको भित्र काचो माछा आए र उनको वाटर प्रुफ घडीको लाइटले जिउदो रहन धेरै मद्दत गरेको जानकारी दिएका छन् ।

उनले लगभग ७२ घण्टापछि पानीको धारबाट व्हेलको पेटबाट बाहिर निक्लिएर आएको बताएका छन् । ५६ वर्षिय माझीको पत्नी पेनलोपले यो चमत्कार भएको भन्दै भगवानले आफ्नो प्राथना सुनेर पतिलाई फिर्ता पठाइदिएको बताएकी छिन् ।

२०७७ वैशाख १८ गते १९:२७ मा प्रकाशित

You can share this post!

कुन कर कहिलेसम्म तिर्ने ? (सूचिसहित)

कुन कर कहिलेसम्म तिर्ने ? (सूचिसहित)

Related posts