रोल्पामा बम विस्फोट, ४ जना बालबालिकाको मृत्यु

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष शान्त कुमार ओलीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष ओलीका अनुसार बिहीबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा ४ जना बालबालिका बम विस्फोटमा परेका हुन् । बम विस्फोटबाट चारै जनाको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय होलेरीबाट अहिले प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ लागेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले स्थानीय तहबाट घटनाको विषयमा जानकारी प्राप्त भएको जनाएको छ ।

२०७७ वैशाख १८ गते २०:१६ मा प्रकाशित

You can share this post!

थप १३ जना नेपालीलाई कोरोना संक्रमण, कुवेतमा संक्रमित नेपालीको संख्या ६४ पुग्यो

थप १३ जना नेपालीलाई कोरोना संक्रमण, कुवेतमा संक्रमित नेपालीको संख्या ६४ पुग्यो

Related posts