१७ वर्षीया किशोरीमाथि ९ जनाको समूहले बलात्कार !

सुनसरी । सुनसरीको इटहरीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । इटहरी–११ स्थित सिमरबनामा गत वैशाख १४ गते ९ जनाको समूहले बलात्कार गरेको पीडित युवतीले बताएकी छन् ।

पीडित किशोरीले इलाका प्रहरी कार्यालय इटहरीमा आफूमाथि सामूहिक बलात्कार भएको भन्दै उजुरी दिएकी छन् ।सुन्दरहरैचा–२ की बस्दै आएकी किशोरीमाथि बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अन्य सात जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बलात्कारमा परेकी किशोरीको स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

२०७७ वैशाख १९ गते १५:२९ मा प्रकाशित

You can share this post!

फेरि थप २ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको कति पुग्यो ?

फेरि थप २ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको कति पुग्यो ?

Related posts