back
NMB ad

पर्यटन क्षेत्रमा राष्ट्रिय धारणा : विगतका कार्यक्रम यथावत राख्दै नयाँ आउने

Kumari bank ad

काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आर्थिक वर्ष २०७७/७८ को नीति,कार्यक्रम तथा बजेटमा सम्बन्धमा प्रदेशगतरुपमा संघीय सांसदहरुसँग दुई दिन छलफल गर्नुभएको छ ।

मन्त्री भट्टराईले विहिवार र शुक्रवार गरी १५१ जना साँसदहरुको आगामी आ.वको नीति कार्यक्रम तथा बजेटको सम्बन्धमा सुझाव तथा सल्लाह लिनुभएको हो । शुक्रवार विहान साढे १० बजे देखि बेलुका साढे ६ बजे सम्म आठ घण्टा मन्त्री भट्टराईले साँसदहरुको सुझाव तथा गुनासो सुन्नुभएको हो ।

शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने बागमति प्रदेश, २ प्रदेश, गण्डकी प्रदेश र ५ न प्रदेशका साँसदहरुको सुझाव तथा राह लिएका छन भने विहिवार प्रदेश न १, सुदुरपश्चिम र कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गरेको मन्त्रालयले जनाएको छ ।

शुक्रवार भएको छलफलमा नेकपाको सचेतक तथा साँसद देव गुरुङले कोराना कारण पर्यटन क्षेत्रमा सवै भन्दा बढी क्षति भएको भन्दै पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर अघि बढन मन्त्री भट्टराईलाई सुझाव दिनुभएको थियो । सचेतक गुरुङले पर्यटनलाई स्थानीय उत्पादनसँग जोडदै आन्तरिक पर्यटय प्रबद्धनमा गर्न माग गर्नुभएको थियो ।

यस्तै साँसद हरिवोल गजुरेलले कृषि,पर्यटन र उर्जा नै मूल आधार भएको बताउदै निजगढ विमानस्थले चाडो बनाउन माग गर्नुभयो । साँसदहरुले विगतको परम्पराको अन्त्य गर्दै समानुपातिक, समावेशी र सन्तुलनका आधारमा बजेट वितरण गर्नुपर्नेमा विशेष जोड दिनुभएको थियो ।

प्रदेश न ३ का साँसदरुको भाषा,कला,सँस्कृति धर्मको जगेर्ना गदै उपत्यकालाई पर्यटकिय तथा धार्मिक सर्किटको रुपमा विकाश गर्न माग गरेको छन । त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बिकल्पको रुपमा निजगढ विमानस्थल बनाउन चाडो शुरु गर्नु आग्रह गरे ।

साँसदहरुले साना साना कार्यक्रम नल्याई एक निर्वाचन एक पर्यटन कार्यक्रम ल्याउन समेत माग गरेको छन । मन्त्री भट्टराई छलफलले पर्यटन क्षेत्रमा राष्ट्रिय धारणा बनेको बताउर्दै बिगतका कार्यक्रम यथावत राख्दै नयाँ कार्यक्रम आउने बताउनुभयो ।

वि.सं.२०७७ वैशाख १९ शुक्रवार २०:३७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...