back
NMB ad

लकडाउनलाई थप कडाइ : अब पसल ३ दिन मात्रै खुल्ने (सूचनासहित)

Kumari bank ad

काठमाडौं । रुपन्देहीमा कोरोना भाइरस संक्रकित भेटिएपछि तिलोत्तमा नगरपालिकाले जारी लकडाउनलाई थप कडाइ गर्ने भएको छ ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै पास बाहेकका सवारीसाधन नगरभित्र नचलाउने, बिना काममा नरोक्ने र सामग्री खरिद गर्न पसल जादा सवारी लिएर जान नपाउने नियम बनाएको छ ।

लकडाउनको कडाइ गर्दै नगरले किरानाका पसलहरु सातामा ३ दिन मात्रै सञ्चालन गर्ने जनाएको छ । सोमबार, बुधबार र शुक्रबार हरेक बिहान ६ बजे देखि ९ बजे सम्म मात्रै खाद्यान्न तथा किराना पसलहरु सञ्चालन हुनेछन् ।

नगरक्षेत्र बाहिरका तरकारी तथा फलफूल र दुग्धजन्य पदार्थ बेचबिखन भएको कारबाही गरिने भएको छ । लकडाउनको अवज्ञा भइरहेको गुनासो आएपछि थप नगरपालिकाले लकडाउनलाई थप कडा बनाउने नीति अख्तियार गरेको हो। साथै नगरपालिकाले नगरक्षेत्र भित्रका विद्यालयहरुलाई नतिजासमेत प्रकाशन नगर्न निर्देशन दिएको छ ।

यसअघि जारी लकडाउनमै पनि केहि विद्यालयहरुले नतिजा प्रकाशन गरेको भन्दै उनीहरुलाई कारणसहित ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ । नगरपालिकाले अत्यावश्यक कामको लागि बाहिर जाँदा सामाजिक दूरी कायम गर्नसमेत पनि नगरबासीमा आग्रह गरेको छ ।

वि.सं.२०७७ वैशाख २० शनिवार १६:०१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...