back
NMB ad

जापानमा थप एक महिना संकटकाल, आजै साँझसम्म जानकारी गराईने !

Kumari bank ad

जापान । जापानी प्रधानमन्त्री सिन्जो आबेले यहाँ आपतकालको अवधि थप करिब एक महिना लम्ब्याउने तयारी गरिरहनु भएको बताइएको छ । यसअघि यहाँको सरकारले यही मे ६ सम्मका लागि आपतकालको घोषणा गरेको थियो ।

तर सोमबार यो अवधिलाई लम्ब्याएर कम्तीमा यो महिनाको अन्तिमसम्म पु¥याउने योजना प्रधानमन्त्री आबेले बनाउनुभएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जापानको टोकियो सहितका सात प्रान्तमा एक महिना अघि लामो आपतकाल घोषणा गरिएको थियो । सो महिनादिन लामो आपतकाल यही मे ६ तारिखमा सकिन लागेको हो । यसैगरी यसअघि आपतकालको घोषणा गर्दा विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले पारेको आर्थिक प्रभावबाट बच्न प्रोत्साहनस्वरुप ठूलो आर्थिक प्याकेजको घोषणा समेत यसअघि गरिएको थियो ।

जापानी प्रधानमन्त्री आबेसँग आइतबार जापानको मन्त्रिपरिषदका प्रमुख सचिव, यहाँका स्वास्थ्यमन्त्री र आर्थिक विकाससम्बन्धी मन्त्रीले भेटवार्ता गरी यस विषयमा परामर्श गर्नुभएको थियो । त्यसक्रममा प्रधानमन्त्री र उहाँहरुबीच आगामी बढीमा महिना दिनसम्मका लागि पुनः आपतकालको अवधि लम्ब्याउने विषयमा कुराकानी भएको बुझिएको यहाँका सञ्चारमाध्यमहरुले दिएका छन् ।

समाचारअनुसार प्रधानमन्त्री आबेले सोमबार साँझसम्म पत्रकार सम्मेलन गरेर यस आपतकालको अवधि बढाउने विषयमा जानकारी गरानुहुने बताइएको छ । आपतकाल घोषणा गरिएको टोकियो सहितका सात प्रान्तमा जापानको कुल जनसंख्याको करिब ४४ प्रतिशत मानिसहरुको बसोबास रहेको छ ।

आपतकालको घोषणाले मानिसहरुलाई घरमै बस्न र व्यापार व्यवसाय बन्द गरी मानिसहरुको भीडभाडबाट टाढा रहनका लागि दबाब सिर्जना गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनेछ । प्रधानमन्त्री आबेले अन्य व्यक्तिसँगको सम्पर्क घटाउन सक्यौँ भने आगमी केही सातामा नै संक्रमितको संख्या उल्लेख्य मात्रामा घटाउन सक्ने बताउनुभएको छ ।

सोमबार जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको देखिएको छ । सोमबार प्राप्त समाचारमा जापानमा यस भाइरसबाट संक्रमितको संख्या १५ हजार पुगेको देखिएको छ । यी संक्रमितहरुमध्ये जापानाको राजधानी टोकियोमा मात्र ४ हजार ६०० जना रहेका छन् । यस संक्रमणका कारण यहाँ ५०० भन्दा बढीको ज्यान गएको छ ।

अधिकारीहरुले यसैकारण जापानमा आपतकालको अवधि थप गरिएको विषयमा घोषणा गर्न लागिएको बताएका छन् । यस अघि पनि अघिल्लो महिनामात्र जापानमा भाइरसको नयाँ संक्रमित देखिने क्रम बढेकाले उल्लेख्य मात्रामा भाइरस फैलिन सक्ने चेतावनीसँगै जापानले आपतकाल घोषणा गर्ने निर्णय गरेको थियो ।  राससरएएनआई

वि.सं.२०७७ वैशाख २२ सोमवार १४:२८ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....