back
NMB ad

बन्द पसल खुल्यो : रक्सी किन्नेको २ किलोमिटरसम्म लाइन (भिडियो सहित)

Kumari bank ad

एजेन्सी । भारतमा लकडाउनको तेस्रो चरणमा विभिन्न प्रकारको छुट दिइएको छ । दिल्लीसमेत देशका विभिन्न हिस्सामा सोमबार बिहानैदेखि हलचल देखिएको छ ।

यसपटक रक्सीको पसल खोलिएको छ, यस्तोमा सोमबार दिल्लीको रक्सीको पसल बाहिर अत्यधिक भीड देखिएको छ । भीड यति धेरै भएको छ कि थुप्रै इलाकामा दिल्ली पुलिसले पसल नै बन्द गराउनु पर्यो ।

मार्च २४ पछि भारतभरी लागू गरिएको लकडाउनका कारण रक्सी पसल पनि बन्द थिए । लकडाउन तेस्रो चरणमा आएपुग्दा रक्सी–पान–गुटखाका पसल खोलिएका छन् ।

सोमबार बिहान जब पसल खोलियो तब बिहान ८ बजेदेखि नै लामो लाइन लाग्यो । यतिबेला सरकारले तोकेको सामाजिक दुरी कसैले पनि पालना गरेनन् ।

कति स्थानमा २ किलोमिटरसम्मको लाइन लाग्यो । भीड अनियन्त्रित भएको देखेर पुलिसले पसल नै बन्द गर्यो । कश्मीर गेट नजिकै पुलिसले लाठीचार्जसमेत गर्नुपर्यो । पुलिसले कृष्णानगरमा खोलिएको पसल पनि बन्द गर्नुपर्यो किनभने यहाँ मानिसहरु सामाजिक दुरीको नियम पालना गरेका थिएनन् ।

वि.सं.२०७७ वैशाख २२ सोमवार १५:०८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...