back
NMB ad

कोरोना अपडेट : विश्वभर ३६ लाख ४१ हजार संक्रमित, २ लाख ५१ हजार बढिले गुमाए ज्यान

Kumari bank ad

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५१ हजार ९ सय ४७ पुगेको छ । संक्रमणबाट गएको २४ घण्टामा मात्रै ३८ सय भन्दा धेरैले जीवन गुमाएका छन् ।

विश्वका २ सयभन्दा बढी मुलुक फैलिइसकेको कोरोना भाइरसको संक्रमणका कारण मानिसको ज्यान जाने क्रम जारी छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ ।

विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चौथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो अपडेट अनुसार अहिलेसम्म विश्वभर ३६ लाख ४१ हजार २ सय ४ जना संक्रमित भएका छन् ।

सोमबार मात्रै विश्वमा ७७ हजार ५ सय १५ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये करिब ११ लाख ९३ हजार उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएका छन् ।

सोमबार मात्र अमेरिकामा ११ सय १२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै त्यहाँ कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ७ सय ९ पुगेको छ।

अमेरिकामा अहिलेसम्म १२ लाख ११ हजार ८ सय ३८ जना संक्रमित भएका छन्। सोमबार एकै दिन त्यहाँ २३ हजार ७ सय भन्दा धेरै संक्रमित थपिएका छन्।

त्यसैगरी सोमबार फ्रान्समा ३०६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने युकेमा २८८, ब्राजिलमा ३०३, स्पेनमा १६४, इटालीमा १९५, जर्मनीमा १२७, क्यानाडामा १६०, रुसमा ७६, टर्कीमा ६४, बेल्जियममा ८०, पेरुमा ५८, इरानमा ७४, मेक्सिकोमा ९३, स्वीडेनमा ९० जनाले ज्यान गुमाएका छन्।

छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ सय ७५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या १५ सय ६६ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ।

भारतमा सोमबार एकै दिन ३९ सय ३२ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ अहिलेसम्म १२ हजार ८ सय ४७ जना उपचारपछि निको भएका छन्। नेपालमा अहिलेसम्म ८२ जनामा संक्रमण देखिएको छ । १६ जना पूर्ण स्वस्थ भई घर फर्किएका छन ।

वि.सं.२०७७ वैशाख २३ मंगलवार ०८:१९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...