जेठ १८ गतेसम्म आन्तरिक तथा बाह्य उडान बन्द

काठमाडौं । सरकारले जेठ १८ गतेसम्म अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेसम्म सम्पूर्ण (आन्तरिक तथा बाह्य) उडान रोक्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

यस्तै  बुधबार बसेको मन्त्रिपरिषद बैठकले  लकडाउन १० दिन थप्ने मन्त्रिपरिषद्को निर्णय गरेको छ । गएको ११ चैतदेखि कायम बन्दाबन्दी २५ वैशाखमा सकिदैछ । बन्दाबन्दी थप गरिएको यो छैटौं पटक हो ।

१४ वैशाखमा बसेको मन्त्रपरिषदको बैठकले २५ वैशाखसम्म बन्दाबन्दी कायमै राख्ने निर्णय भएको थियो । नेपालगञ्जमा एउटै ठाउँमा २३ जनामा संक्रमण देखिए पछि थप खतरा देखिएको छ । अहिलेसम्म नेपालमा ८२ जनामा संक्रमण देखिएको छ ।

२०७७ वैशाख २४ गते १४:११ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभाका सबै सदस्य तथा कर्मचारीहरूको कोरोना परीक्षण गरिने

प्रतिनिधिसभाका सबै सदस्य तथा कर्मचारीहरूको कोरोना परीक्षण गरिने

Related posts