back
NMB ad

साँच्चै गर्मीमा हराउँछ त कोरोना संक्रमण ?

Kumari bank ad

काठमाडौं । फ्लुको संक्रमण गर्मी मौसमसँगै हराउँदै जाने गर्छ । कोभिड–१९ को महामारी पनि गर्मी सुरु भएसँगै हराउने आशा थियो । तर, त्यस्तो भएन ।

गर्मी क्षेत्रमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो छ । त्यसैले वैज्ञानिकहरू कोराना भाइरस र मौसमको सम्बन्धबारे अध्ययन गरिरहेका छन् ।

६४ डिग्री फरेनहाइटभन्दा बढी तापक्रम भएका ठाउँमा पनि कोरोना संक्रमण बढिरहेकाले थप अध्ययन आवश्यक भएको वैज्ञानिकहरू बताउँछन्।

-अमेरिकाको पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीले गरेको अध्ययनअनुसार, कोरोना भाइरस र फ्लुबीच निकै भिन्नता छ । त्यसैले कोरोनालार्ई मौसमी संक्रमणका रूपमा लिन सकिँदैन । मानव शरीरमा फ्लु प्रतिरोधी क्षमता हुने गर्छ । तर, कोरोनाविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न समय लाग्ने अध्ययनको निष्कर्ष छ । कोरोनाविरुद्ध भ्याक्सिन र औषधि बन्न केही समय लाग्न सक्ने अध्ययनमा देखिएको छ ।

-अमेरिकाकै नेसनल इन्स्टिच्युट अफ हेल्थले भने गर्मी बढ्ने क्रमसँग कोराना भाइरसको संक्रमण कम हुने आशा जीवितै रहेको बताउँदै आएको छ । तर, ३७ दशमलव ४ देखि ६४ दशमलव ४ डिग्री फरेनहाइट तापक्रम भएका स्थानमा पनि संक्रमण फैलिरहेकै छ । ६४ डिग्री फरेनहाइटभन्दा बढी तापक्रम भएका ठाउँमा पनि कोरोना संक्रमण बढिरहेकाले थप अध्ययन आवश्यक भएको वैज्ञानिकहरू बताउँछन् ।

-अमेरिकाको नेसनल एकेडेमी अफ साइन्सका अनुसार, मौसम र आद्र्रताबाहेक अन्य धेरै विषयले प्रभाव पार्ने भएकाले गर्मीमा कोरोना संक्रमण हुँदैन भन्न सकिँदैन । त्यसैले गर्मी मौसममा पनि भौतिक दूरी कायम गर्ने, समय–समयमा हात धुने, संक्रमितबाट टाढा रहनेजस्ता गतिविधिलाई निरन्तरता दिन अमेरिकी रोग नियन्त्रण केन्द्रले सल्लाह दिएको छ ।(नयाँ पत्रिकाबाट)

वि.सं.२०७७ वैशाख २५ बिहीवार १०:१४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...