back
NMB ad

कोरोना कहर : विश्वभर मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघ्यो, संक्रमित ३९ लाख १२ हजार

Kumari bank ad

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्युु हुनेको संख्या २ लाख ७० हजार नाघेको छ । संक्रमितको संख्या ३९ लाख १२ हजार ४ सय २५ पुगेको छ ।

अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट २ लाख ७० हजार ३ सय ९४ हजारको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ। गएको २४ घण्टामा मात्र विश्वभर ५५ सय ५७ जनाको मृत्यु भएको छ।

बिहीबार एकै दिन संसारभर गरी ९५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये अहिलेसम्म १३ लाख ४० हजार ६ सय १ जना उपचारपछि निको भएका छन् भने २३ लाख एक हजार ४ सय ३० जना उपचारको क्रममा छन्। त्यसमध्ये ४८ हजार ९ सय ४८ जनाको अवस्था गम्भीर छ।

कोरोना संक्रमणबाट अमेरिकामा गएको २४ घण्टा मात्र २१ सय ९ जनाको मृत्यु भएसँगै मृतकको संख्या ७६ हजार ९ सय ८ पुगेको छ ।त्यहाँ संक्रमितको संख्या १२ लाख ९२ हजार नाघेको छ । बिहीबार मात्रै अमेरिकामा २९ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

त्यसैगरी ब्राजिलमा बिहीबार ६ सय जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या ९ हजार नाघेको छ।त्यसैगरी बेलायतमा बिहीबार ५ सय ३९ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा २१३, इटालीमा २७४, फ्रान्समा १७८, क्यानाडामा १७६, जर्मनीमा ११७, मेक्सिकोमा १९७, रसियामा ८८, टर्कीमा ५७, इरानमा ६८, पेरुमा ९४, बेल्जियममा ७६, नेदरल्यान्डमा ८४, स्वीडेनमा ९९, पाकिस्तानमा ४१ जनाले ज्यान गुमाएका छन्।

बेलायतमा अहिलेसम्म कोरोना संक्रमणबाट ३० हजार ६ सय १५ जनाले ज्यान गुमाएका छन् भने इटालीमा २९ हजार ९ सय ५८, स्पेनमा २६ हजार ७०, फ्रान्समा २५ हजार ९ सय ८७ जनाको मृत्यु भइसकेको छ।

भारतमा गएको २४ घण्टामा कोरोना संक्रमणबाट १०४ जनाले ज्यान गुमाएका छन् भने १८ सय ८९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म भारतमा ५६ हजार ३ सय ५१ जना संक्रमित भएका छन्। बिहीबार एकै दिन त्यहाँ ३३ सय ६४ जना नयाँ संक्रमित थपिएका छन्।

वि.सं.२०७७ वैशाख २६ शुक्रवार ०७:०२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...