back
NMB ad

शेयर बजारमा आगामी सातादेखि कारोबार सुरु हुने

Kumari bank ad

काठमाडौं । करिब १ महिना आधा बन्द रहेको शेयर बजारमा आगामी सातादेखि कारोबार सुरु हुने भएको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि बन्द भएको शेयर बजार आगामी सातादेखि खुल्ने भएको हो ।

सरकारले लकडाउनमा केही खुकुलो नीति लिएसँगै शेयर कारोबार खुल्ने भएको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले बताए । “धितोपत्रको दोस्रो बजार खुल्नका लागि लकडाउन सकिने समयसम्म कुर्नु पर्दैन” उनले भने, “तर, आगामी आइतबारदेखि नै खुल्छ भन्न सकिने अवस्था पनि छैन ।” शेयर बजारमा कारोबार सहज होस् भनेर उपयुक्त प्रबन्ध गरेपछि खुलाउने उनले बताए ।

शुक्रबार पनि बजारका सम्बन्धित पक्षहरुसँग छलफल गरीने भएकाले कहिलेदेखि खुलाउने भन्ने विषयमा निर्णय भइनसकेपनि आगामी सातामा शेयर कारोबार खुलाउने गरी छलफल भइरहेको उनले बताए । लगानीकर्तालाई मेरो सेयर र कनेक्ट आपिएसमा सहभागी हुनका लागि समय दिएपछि मात्र कारोबार खुलाउने जानकारी उनले दिए ।

शेयर बजारको खुलाउँदा अझै पनि भिडभाड गर्न नहुने अवस्था भएकाले लगानीकर्ता घरबाट बाहिर निष्कने अवस्था छैन । त्यसलाई मध्यनजर गरेर आवश्यक तयारी पूरा गरेपछि शेयर कारोबार खोलिने उनको भनाइ छ ।

वि.सं.२०७७ वैशाख २६ शुक्रवार १०:४५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...