आजदेखि सबै बैंक तथा वित्तीय संस्था खुल्ने

काठमाडौं । सरकारले लकडाउनकै समयमा उद्योग तथा कार्यालयहरू सर्तसहित खोल्न सकिने जनाएसँगै बैंक तथा वित्तीय संस्थाका सबै शाखा सञ्चालनमा आउने भएका छन् ।

जोखिमका बाबजुद न्युनतम सेवा प्रदान गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सबै शाखा आजदेखि सञ्चालन हुने भएका हुन् । तर कार्यालयमा एक तिहाई कर्मचारीले मात्र काम गर्नेछन् ।

सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्ने छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न शाखा आलोपालो सञ्चालन गर्दै आएका थिए ।

२०७७ वैशाख २६ गते १२:०० मा प्रकाशित

You can share this post!

आराम गर्न बसिरहेका बेला रेलले कुल्चिएर १६ मजदुरको मृत्यु

आराम गर्न बसिरहेका बेला रेलले कुल्चिएर १६ मजदुरको मृत्यु

Related posts