back
NMB ad

आजदेखि सवारी चलाउन ‘टाइम कार्ड’ : सवारी पास चाहिन्छ कि चाँहिदैन ? (समय तालिका सहित)

Kumari bank ad

काठमाडौं । उपत्यकाका सडकमा लकडाउनका वेला पनि सवारीको संख्या बढेपछि भीड नियन्त्रण गर्न ‘टाइम कार्ड’ निर्धारण भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवालाको छलफलले लकडाउन अवधिभर सवारी सञ्चालनमा कडाइ गर्न पास अनिवार्य गर्ने र ‘टाइम कार्ड’ लागू गर्ने निर्णय गरेको हो ।

आइतबारबाट पास भए पनि तोकिएको समयमा मात्र सवारी चलाउन पाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

आइतबारबाट खुल्ने सरकारी कार्यालयका कर्मचारीहरूले बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्किन पाउनेछन् । यस्तै, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले बिहान ९ बजेदेखि साढे १० बजेसम्म जान र साढे तीन बजेदेखि पाँच बजेभित्र फर्किन पाउनेछन् ।

त्यस्तै, सामान्यतः खाद्यान्न, तरकारी, इन्धनलगायतका अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने निर्णय भएको एसएसपी ढकालले जानकारी दिए । औषधि र खानेपानीका लागि भने टाइम कार्ड लागू हुनेछैन ।

निर्माण सामग्री बोक्ने वा अन्य सामग्री बोकेका ठूला टिपर र ट्रकहरू भने बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म मात्रै उपत्यका प्रवेश गर्न पाउनेछन् ।

पास भए पनि विनाकाममा यताउता हिँडिरहने वा एउटा काममा पास लिएर फरक प्रयोजनमा प्रयोग भएको पाइएमा कारबाही हुने उनले बताए ।

सरकारले लकडाउनमा ठप्प भएका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र विभिन्न ४४ प्रकारका उत्पादनमूलक उद्योगहरू खोल्ने निर्णय गरेपछि सडकमा भीडभाड कम गर्न सवारीसाधनलाई टाइम कार्ड लागू गरिएको उनले बताए ।

वि.सं.२०७७ वैशाख २८ आइतवार ०७:५२ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...