back
NMB ad

एकैदिन १३ सय बढीको परीक्षण : कुन प्रदेशमा कति ?

Kumari bank ad

काठमाडौं । कोरोना परीक्षणको दायरालाई विस्तार गर्दै सरकारले एक दिनमा १३ सयभन्दा बढी व्यक्तिको परीक्षण गरेको छ । पछिल्लो २४ घन्टामा एक हजार ३ सय १६ वटा नयाँ नमुना परीक्षण भएका छन्।

विगत तीन महिनाको अवधिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको क्षमता बढाइएको छ । त्यसै सातवटै प्रदेशका १८ वटा ठाउँहरूमा कोरोना भाइरसको परीक्षण आरटी पीसीआर (रियल टाइम पोलिमरेज चेन रियाक्सन)विधिबाट नमुना परीक्षण गर्ने प्रयोगशाला सेवाको विस्तार गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, नेपालमा हालसम्म कोरोना भाइरस आशंकामा ७३ हजार ५ सय ५५ नमुना परीक्षण भएका छन्।

जसमध्ये आरटी पोलिमरेज चेन रियाक्सन (रियल टाइम पीसीआर) विधिबाट १६ हजार ८ सय ९८ पुगेको छ। हाल मुलुकका १८ ठाउ“मा पीसीआर परीक्षणको व्यवस्था गरिएको छ। गत माघ १३ गतेदेखि पीसीआर विधिबाट परीक्षण सेवा सुरु गरिएको थियो।

काठमाडौं उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र धुलिखेल अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ।

आरडीटी विधिबाट ५६ हजार ६सय ५७ नमुना परीक्षण भएको छ। पीसीआर बढी खर्चिलो र जटिल भएका कारण परीक्षणमा आरडीटी विधिलाई बढी प्राथमिकता दिइएको छ। प्रवक्ता डा. देवकोटाका अनुसार सातवटै प्रदेशबाट आरडीटी परीक्षण भइरहेको छ।

जसमध्ये प्रदेश १ मा ७ हजार ५५, प्रदेश २ मा ५ हजार ८९०, बागमती प्रदेशमा ९ हजार १८१, गण्डकी प्रदेशमा ६ हजार ३७७, प्रदेश ५ मा ६ हजार ७७४, कर्णाली प्रदेशमा ६ हजार ३६३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ९१० गरी ५६ हजार ५५० वटा आरडीटी परीक्षण भएका छन्।

मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘आरडीटीभन्दा विश्वासिलो भएका कारण पीसीआर परीक्षणलाई नै बढी प्राथमिकता दिनुपर्ने हो। अन्य मुलुकमा आरडीटी परीक्षण प्राथमिकतामा राखिएको छैन।’

सरकारले भने द्रुत परीक्षण कीट आरडीटी विधिबाट गरिने परीक्षणलाई प्राथमिकतामा राखिएको छ। यस्तै क्वारेन्टाइनमा १३ हजार ६२५ रहेका छन्। जसमध्ये प्रदेश १ मा १ हजार २३८, प्रदेश २ मा १ हजार ४४३, बागमती प्रदेशमा ११०, गण्डकी प्रदेशमा २४२, प्रदेश ५ मा ४ हजार ९४२, कर्णाली प्रदेशमा २ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३२४ गरी कूल १३ हजार ६२५ जना रहेका छन्। रेड जोनमा ३४० जना रहेका छन्।

अस्पतालको आइसोलेसनमा बस्नेको संख्या १६४ जना पुगेको छ। काठमाडौं उपत्यकाभित्र ३ र उपत्यकाका बाहिर १६१ जना छन्। उपत्यका बाहिर रहेकामध्ये प्रदेश १ मा २३, प्रदेश २ मा ४५ ,बागमती ३८ र प्रदेशमा ५ मा ५७ जना आइसोलेसनमा रहेका छन्।

कोरोना भाइरस संक्रमितको संख्या हालसम्म ११० पुगेको छ। जसमध्ये ७८ पुरुष र ३२ महिला रहेका छन्। यस्तै कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३१ पुगेको छ। उपचाररत अन्य बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्नपूर्ण पोष्टबाट

वि.सं.२०७७ वैशाख २९ सोमवार ०८:१६ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...