back
NMB ad

यी वाणिज्य बैंकहरुले सार्वजनिक गरे वित्तीय विवरण, कुन बैंकको कति नाफा ?

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्ष (२०७६/७७) को तेस्रो त्रैमास (साउन देखि चैतसम्म) को वित्तीय विवरण प्रकाशित गरिरहेका छन् ।

कोरोनाका कारण भएको लकडाउनले यसपटक विवरण प्रकाशित गर्न ढिला गरेका छन् । हालसम्म ५ वटा बाणिज्य बैंकहरुको वित्तीय विवरण प्रकाशित भएको छ ।

प्रकाशित वित्तीय विवरणअनुसार २ वटा बैंकको नाफा घटेको छ भने तीनवटा बैंकले नाफा बृद्धि गरेको विवरण सार्वजनिक गरेका छन् । नेपाल बैंक र एसबिआइ बैंकको अधिकांश सूचक घटेको छ भने एभरेष्ट, हिमालयन र सेन्चुरी बैंकको नाफा बढेको छ ।

नेपाल एसबिआइ बैंक : नेपाल एसबिआइ बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा १ अर्ब ४३ करोड ८२ लाख १० हजार रुपैयाँ नाफा गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा १०.१४ प्रतिशतले कम हो । गत वर्ष १ अर्ब ६० करोड ६ लाख ६० हजार रुपैयाँ नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी घटेको छ । प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४१ पैसा छ ।

गत वर्ष यसै अवधिमा २५ रुपैयाँ २६ पैसा थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । बैंकले ब्याजबाट ३ अर्ब १३ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको तुलनामा बैंकको ब्याज आम्दानी ६.४७ प्रतिशतले घटेको छ । गत बर्ष यसै अवधिमा बैंकले ब्याजबाट ३ अर्ब ३५ करोड रुपैयाँ कमाएको थियो ।

नेपाल बैंक :  तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको अधिकांश सूचकमा गिरावट देखिन्छ । बैंकको खुद नाफा ११.८ प्रतिशतले घटेर १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ भएको छ । गत वर्षको यसै अवधिमा २ अर्ब २४ करोड ५५ लाख नाफा गरेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी पनि ३ रुपैयाँ ३९ पैसाले घटेर २७ रुपैयाँ १३ पैसा पुगेको छ । गत वर्ष ३० रुपैयाँ ५२ पैसा थियो । बैंकको खुद ब्याज आम्दानी पनि १०.७९ प्रतिशतले घटेको छ । बैंकले ब्याजबाट २१ अर्ब ८२ करोड कमाएको छ ।

एभरेष्ट बैंक : एभरेष्ट बैकले भने नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले तेस्रो त्रैमासमा २ अर्ब ३५ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ६.१५ प्रतिशतले बढी हो ।

गत बर्ष बैंकले २ अर्ब २१ करोड रुपैयाँ नाफा गरेको थियो । यसले ब्याजबाट .४ अर्ब ३४ करोड रुपैयाँ कमाएको छ । गत वर्ष ४ अर्ब १० करोड रुपैयाँ कमाएको थियो । बैंकको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३ पैसा छ ।

सेञ्चुरी कर्मसियल बैंक : सेञ्चुरी कर्म्सियल बैंकले झण्डै ५० प्रतिशतले नाफा बृद्धि गरेको छ । तेस्रो त्रैमाससम्म बैंकको नाफा ९१ करोड ५७ लाख ७९ हजार रुपैयाँ छ । गतवर्ष यसै अवधिमा बैंकले ६१ करोड ६ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १४.१९ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब २५ करोड १५ लाख रुपैयाँ छ । गत वर्ष १ अर्ब ९७ करोड ब्याज आम्दानी गरेको थियो । यसको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६४ पैसाले बढेर १४ रुपैयाँ ५१ पैसा पुगेको छ ।

हिमालयन बैंक : हिमालयन बैंकले १५.०४ प्रतिशतले नाफा बढाएको छ । बैंकको नाफा २ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ छ । गत वर्ष यसै अवधिमा बैंकले २ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ब्याज आम्दानी २.३७ प्रतिशतले बढाएको छ ।

बैंकको खराब कर्जा ०.२ प्रतिशतले घटेर १.११ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ ४४ पैसाले बढेको छ । हाल प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा छ ।

वि.सं.२०७७ वैशाख २९ सोमवार १४:५० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...